चित्र र कविता

नेपाल आमालाई पत्र

A Letter to my Motherland Nepal
A Letter to my Motherland Nepal
सन्ध्या रेग्मी

हिमालमा गोधूलि उत्सव

 

आमा !
हामीले त आङ्खनो मनभित्र तिमीलाई नै सजाएका छौँ
हामीले त आङ्खना नसा–नसामा तिमीलाई नै बगाएका छौँ
तिमीबाट जति नै टाढा भए पनि
हामी त तिम्रै मायामा द्रवीभूत भएर बाँचिरहेका छौँ

आमा !
तिम्रो काखमा बसी तिम्रै वनज¨ल मास्ने
तिम्रो स्तनपान गरी तिम्रै नदीनाला बेच्ने
तिम्रो छातीमा चरी तिम्रै गला रेट्ने
‘देशभक्त’ ‘सांसद’ ‘मन्त्री’ को पगरी गुथी
तिमीप्रति नै गद्दारी गर्ने ती देशद्रोहीेहरूभन्दा
हामी धेरै धेरै टाढा भएर पनि
धेरै धेरै दुःख पाएर पनि
तिमीप्रति इमान्दार र वफादार छौँ
हामी महात्मा बन्न नसके पनि
ती कुसन्तानभन्दा पवित्र छौँ
हामी महान् बन्न नसके पनि
ती कुसन्तानभन्दा असल छौँ
हामीलाई त आङ्खनो विदेश बसाइभरको चोखो कमाइले
कुनै ताजमहल र शीशमहल होइन
त्यहाँ मायाको एउटा सानो कुटी बनाउन पाए पुग्छ
त्यस कुटीको अगाडि एउटा सुन्दर फूलबारी सजाउन पाए पुग्छ
त्यस फूलबारीको छातीमा सञ्जीवनी बूटी उमार्न पाए पुग्छ
त्यस सञ्जीवनी बूटीले तिमीलाई अजम्मरी बनाउन पाए पुग्छ
त्यस सञ्जीवनी बूटीले तिमीलाई अजम्मरी बनाउन पाए पुग्छ ।

सारा मान्यजनलाई हाम्रो प्रणाम !
सारा देशवासीलाई हाम्रो सलाम !

देशलाई आलो रगतको आहालमा चुर्लुम्म डुबाई
महाविनाशको ताण्डव नृत्य गर्नेहरूको बारेमा सुन्दा
यहाँ हाम्रो मुटु पोल्छ
देशमा गृहयुद्धको ज्वाला दन्काई
निर्दोषहरूको रगतले आङ्खनो अनुहार पोत्नेहरूलाई
टी.भी. का पर्दामा देख्दा
यहाँ हाम्रो फोक्सो जल्छ
देशका प्राचीन मूर्तिहरू चोरी आङ्खनो ढुकुटी भर्नेहरूको
घृणित अनुहार सम्झँदा
यहाँ हाम्रो कलेजो बल्छ
राष्ट्रियता, स्वाधीनता, समानताजस्ता संवेदनशील विषयहरूमा
खेलवाड हुँदा
यहाँ हाम्रो शरीरबाट तातो रगतको फोहोरा छुट्छ
चरम गरिबी र भोकमरीले शुष्क भएकाहरूको
आर्तनाद सुन्दा
यहाँ हाम्रो ह्दय छियाछिया हुन्छ
देशभक्तिका खोक्रा नारा र भाषण छाँट्दै
अझै पनि जनतालाई फोस्रा आश्वासन र धोका दिइरहेका नेताहरू नै
पुरस्कृत र सम्मानित भइरहेको सुन्नुपर्दा
यहाँ हाम्रो मस्तिष्क विक्षिप्त बन्छ
नेपालीले नेपालीलाई मुर्दा बनँइरहेका
भयावह दृश्यहरू देख्दा
यहाँ हामीलाई मानसिक आघात पर्छ
आमा !
त्यहाँ तिम्रो आशा र उत्साहमा ठेस लाग्दा
तिम्रो आस्था र विश्वासमा पैरो जाँदा
तिम्रो छाती र मस्तिष्कमा चट्याङ् पर्दा
तिमीलाई साँच्चै हाम्रो खाँचो पर्दा
त्यहाँ उपस्थित हुन नसक्दा
कहिलेकाहीँ त यस्तो लाग्छ –
हाम्रो जीवन बेकार, बेकम्मा र अर्थहीन बितिरहेछ
यस्तो अनुभूत हुन्छ–
हाम्रो जीवन व्यर्थ रित्तिरहेछ
हाम्रो जीवन
श्रीकृष्णले त्यागिसकेपछिको अर्जुनको गाण्डीवजस्तो बनिरहेछ ।

आमा !
तिम्रो ममतामय अमृतधार अञ्जुलिभरि थाप्न नपाएको
एक युग बित्यो
तिम्रो हातको अक्षता र जमराले निधार भर्न नपाएको
अब त एक जुग बित्यो
तिम्रो चरणमा घोप्टी आशीर्वाद माग्न नपाएको
कति हो कति वर्ष बित्यो
तिम्रो काखको सिह्रानीमा निदाउन पाउनु त
अब सपनाको कुरा भयो
दशैँ र तिहारको दिन पनि विदेशमै भारी बोक्नु त
अब अभ्यास हुँदै गयो
अब त हामीलाई दशैँ आए पनि के नअँए पनि के
अब त हामीलाई तिहार आए पनि के नआए पनि के ।

सारा मान्यजनलाई हाम्रो प्रणाम !
सारा देशवासीलाई हाम्रो सलाम !

हामीलाई आभास हुन्छ आमा !
तिमीले दिनहुँ गर्ने प्रार्थना र वन्दनामा
हाम्रै सुस्वास्थ्य र दीर्घायुको कामना छ
तिमीले गर्ने हरेक अर्चना र उपासनामा
हाम्रै उज्जवल भविष्यको आराधना छ
बिर्सेका छैनौँ हामीले –
तिमीलाई काँधमा बोकी संसार घुमाउनु छ
तिमीलाई शिरमा राखी विश्वभरि चिनाउनु छ
तिम्रा लागि हामीले धेरै धेरै गर्नु छ
तिमीलाई बचाउन हामी धेरैपटक मर्नु छ
तिमीलाई बचाउन हामी धेरैपटक मर्नु छ
त्यसैले–
हामी क्षितिजमा सूर्यसँगसँगै नअस्ताऔँ यो परदेशमा
हामी प...र प...र आकाशमा नहराऔँ यो परदेशमा
हामी शून्य महाशून्यमा नबिलाऔँ यो परदेशमा
हामी कहिल्यै नब्यूँझिने गरी ननिदाऔँ यो परदेशमा ।

सारा मान्यजनलाई हाम्रो प्रणाम !
सारा देशवासीलाई हाम्रो सलाम !



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल