कविता

यति प्यारो तिमी मृत्यु नै हुनुपर्छ

Dearest  One, You Must Be Death Himself
डा. गोविन्दराज भट्टराई

प्रिय मित्र
तिमी पनि अभिन्न छौ
मृत्यु जस्तै
तिमी एक मृत्यु नै हुनुपर्छ

जो टाढा हुँदा पनि
साथै हुन्छ
नजिकमा बस्ता
हजार निशब्दताले जोडिएको
साँघुमाथि यो मन
ओहोर दोहोर गरिरहन्छ

प्रेम जस्तो लाग्ने
अभिन्नताको एउटा भ्रम
सधैँ सँगै हृदयमा
तिमी मृत्यु नै हौ
यति प्यारो अरू
के हुन सक्छ ?

सधैँ यो हृदयमा अरू को हुनसक्छ ?
अहोरात्र तिमी छौ
प्रिय मित्र
तिमी एक मृत्यु नै हौ
टाढा कहीँ जान नसक्ने
यो हृदयमा अरू के हुन सक्छ !



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल