कविता

आमा

Mother
तीर्थ श्रेष्ठ

आमा हुनु
साह्रै असजिलो छ
पहाडजस्तो
उचाइमा पुगेर
मैदान भइदिनुपर्ने
मैदानमा पुगेर
उकालो भइदिनुपर्ने
आमा हुनु
साह्रै असजिलो छ
पहाडजस्तो
सन्तानहरू कहाँ पुग्छन्
खोलाहरूजस्तो
सपनाहरू कहाँ पुग्छन्
स्वच्छन्द चराहरूजस्तो
आमाहरू
पहाडको छेउको
चौतारी हुन अभिशप्त छन्
आमा हुन अफ्ट्यारो  छ
आमा हुन
पहाड हुनुजस्तै गाह्रो छ



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल