कविता

पुल

The Bridge
तीर्थ श्रेष्ठ

बालापन
र यौवनबीचको
पुल कस्तो हुन्छ ?
उमेरको हाँगो
हल्लाई–हल्लाई
मच्चिइरहेकाले
झरेका फूलहरू जस्तो हुन्छ ?
कि
आकाशका ताराहरू टिपेर
समयको उदास छातीमा
टाँगिदिएपछिको समयजस्तो हुन्छ ?
बालकहरू
र यौवनबीचको पुल कस्तो हुन्छ ?
आकाशमा
जून उदाएपछि
देखिने ताराहरूको मुस्कानजस्तो हुन्छ
कि मङ्सिरमा भेटिने भकारीको उन्मादजस्तो हुन्छ ?
अथवा अरू केजस्तो हुन्छ ?
म सत्य भन्छु
सत्यको उज्यालोमा
मलाई हेर्ने मन छ
बालापन र यौवनबीचको
पुल कस्तो हुन्छ ?



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल