कविता

कविता र नायिका

Poetry and the Heroine
केशव सिग्देल

सधैँझैँ, ऊ
अर्थात मेरी कविताकी नायिका
आज पनि निःसंकोच सहरको चोकमा आई ।
उसलाई देखेर मान्छेहरूले एकाएक
शिर निहुराएको भान पारे
र संकोचमय दृष्टिले हेर्दै रहे
उसको नाङ्गो शरीर ।
त्यसपछि
मेरो कविताका सहपात्रहरू
अधिर भए,
परिवेश बिथोलियो
र, मेरो कविता
सहरको कोलाहलसँगै अलप भयो,
त्यसैले आज पनि मैले कविता लेख्न सकिँन ।
मलाई एउटा कविता लेख्नु छ भन्दैमा
म,
ऊ अर्थात्
मेरी कविताकी नायिकालाई
चोकमा नआइदेऊ भन्न सक्तिँन
किनकि
मेरी कविताकी उनै नायिकालाई हेरेर
कविता लेख्न खोज्नेहरूलाई
म उत्तिकै प्रेम गर्छु ।



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल