समालोचना

‘डान्सिङ सोल अफ माउन्ट एभरेस्ट’ : एक अध्ययन

कवयित्री मोमिलाद्वारा सम्पादन गरिएको पुस्तक डान्सिङ सोल अफ माउन्ट एभरेस्ट (Dancing Soul of Mount Everest) विभिन्न स्रष्टाहरूका ३१६ कविताहरू सङ्गृहीत गन्थ हो । उक्त कृतिलाई सुगन्धित गराउने काम महेश पौडेलको अनुवाद र भाषासम्पादनले गरेको छ । उक्त कृति पाठकसमक्ष ल्याउने कठिन कार्यको श्रेय नेपाली कलासाहित्य डट कम प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानलाई जान्छ । भर्खर मात्र तीव्र रूपमा फुल्दै र फक्रँदै गरेको नेपाली कलासाहित्यलाई विश्वसामु चिनाउनका लागि यस कृतिले एउटा इँटा थप्ने कार्यमा पाठकहरू विश्वस्त छन् । आधुनिकतावाद र उत्तर आधुनिकतावादले विश्वभर ल्याएको हलचलमा जीवन्तता प्रदान गर्ने काम यस सङ्ग्रहले गरेको छ ।

डान्सिङ सोल अफ माउन्ट एभरेस्टभित्र समेटिएका कविताहरूको गहिरो अध्ययन गर्दा जीवनमा समानता, स्वतन्त्रता र वास्तविक सुखदु:खका भोगाइहरूको वैचारिक द्वन्द्व देखिन्छ । वर्गीय विभेद अन्त्यको लडाइँसमेत कविताको विषयवस्तु भएको देखिन्छ । सैद्धान्तिक तवरबाट हेर्दा मानव अस्तित्ववाद, समाजवाद, माक्र्सवाद र संस्कृतिवादलाई सँगसँगै अगाडि बढाएको पाइन्छ । अमानवीय व्यवहारप्रतिको तीखो प्रहार यस सङ्ग्रहमा सङ्कलित कविताहरूको विशेष मर्म देखिन्छ । प्रेम, प्रेमप्रतिको प्रगाढ आस्था र अधुरो प्रेमको पीडादायी भोगाइमा प्रताडित मनहरूको रोजाइसमेत कवितामा बिम्बित छ । सङ्कलित कविताहरूमध्ये गोपालप्रसाद रिमालको An Address यसरी बग्छ—
Love thirves even in woods,
In countryside, in the town,
that love alone does not suffice,
there should come impregnation—pious and responsible… (p. 2)

प्रेमको प्रतिबिम्बलाई यत्रतत्र सर्वत्र फैलाएको देखिन्छ जुन जीवनमा मात्र होइन, मरणपछि पनि जीवित छ । त्यसैले घर, बस्ती, गाउँ, सहर र जङ्गलको बीचमै पनि मायाको भीक मागिरहेको छ । तर त्यो प्रेम शुद्ध र उत्तरदायी हुनुपर्ने देखिन्छ जसमा प्रेमको सद्भाव भेटिन्छ ।
त्यसै गरी रिमालको अर्को कविता A Mother’s Dread यसरी प्रेममा प्रताडित देखिन्छ—
My youthful dreams constantly hoped 
that you shall be he. (p. 3)

आफ्ना सन्तानप्रतिको आमाको गहिरो र न्यानो माया सदाका लागि जाज्वल्यमान छ जुन सपनामा पनि दौडिरहन्छ । यसरी आफूदेखि टाढा रहेको प्रजातन्त्र रूपी सन्तानप्रतिको अगाध माया र आस्था आमाको मनमुटुभरि छाएको छ । उनी आशावादी छिन्, उनको छोरो कुनै पनि बेला आँधीतुफानवैm रूपमा भए पनि आफूलाई भेट्न आउने छ ।

बालकृष्ण सम जीवनका अति संवेदनशील क्षणहरूको अनुभवलाई यसरी प्रतिबिम्बित गर्छन्—
My love, I’m completely healed,
and the body cent percent lightened
even more than a fallen flowers.
Why do you still
let the torrents of tears down. (p. 6)

उक्त कवितामा कविका प्रतिबिम्बित वक्ताले एउटा प्रेमीले आफ्नी प्रेमिकालाई प्रफुल्ल पार्न प्रयास गरिरहेको देखिन्छ । प्रेमिकाको पीडा र रोदनलाई बिर्साउनका लागि शब्दरूपी पुष्पवृष्टि गराउन कवित्व अगाडि बढेको छ । वक्ताका अनुसार जीवन भनेको हावाहुरी जस्तै हो जसको वेग कहिले बढ्छ त कहिले ह्वात्तै घट्छ । त्यसै गरी प्रेममा प्रताडित मनमा पनि उतारचढाव आइरहन्छ । प्रेमीप्रमिकाले बडो बुद्धिमत्तापूर्वक मन सँभाल्नुपर्ने देखिन्छ । कविको प्रतिनिधिको कोमल भावले प्रेयसीको आँसु पुछ्ने काम गरेको देखिन्छ । उक्त कवितामा कविले सादा रचनालाई पग्लिएको हिउँको उपमा दिँदै जीवनका पलहरूलाई साधुसन्तको सपना सम्झिएका छन् ।

 महाकवि लक्ष्मीप्रसाद देवकोटा आफ्ने कृतिमा जीवनका अनन्त आकाङ्क्षा र मानिसका फरक बुझाइका परिणामहरूलाई जाज्वल्यमान गराउँछन् । धेरै प्रकारका बुझाइ, रोजाइ र भोगाइलाई उनले Lunatic कवितामा चित्रण गरेकाछन् । देवकोटाले उक्त कवितामा अमानवीय व्यवहारप्रति तीखो प्रहार गरेकाछन्। आरम्भदेखि नै सुरु भएको व्यङ्ग्यात्मक प्रहार धाराप्रवाह रूपमा अगाडि बढेको देखिन्छ । देवकोटाको साहित्यिक प्रवाहलाई नबुझी उनलाई राँची पु-याउन सिर्जना गरिएको बाध्यात्मक परिस्थितिको चित्रण उक्त कवितामा गरिएको छ ।

सिद्धिचरण श्रेष्ठको कविता Daddy Is Not Back Yet  मा अभिभावकप्रति सन्ततिको पर्खाइ र घरपरिवारका सदस्यहरूको खोजी झल्काइएको छ । हावाहुरीका साथ मौसम परिवर्तनमा देखिएको समस्याले आफ्न पितालाई घर फर्किन समस्या पर्ला कि भन्न चिन्ता अर्को समस्या भएको देखिन्छ । श्रीमान् घर फर्किन ढिलो गरेकोमा श्रीमतीसमेत चिन्तित भई खाना पकाएर पर्खिराखेको देखिन्छ ।

विजय मल्लको कविता Teaching Maps to My Daughter को अध्ययन गर्दा उनको बहुप्रतिभा कलाकारिताको साथमा अगाडि बढेको देखिन्छ भने छोरीको सिकाइमा देखिएको हताशाले उसको सिकाइप्रतिको सङ्घर्षमा चिन्ता सिर्जना गरेको देखिन्छ जुन यस प्रकार छ—
Blood marks the red borderline,
of paints that belong to every nation
like terraces in the field!
This is India, and this Pakistan
and this, the great line between
marked by the blood of the Hindus and the Muslims! (p. 24)

कविले आफ्नी छोरीलाई विभिन्न देशका भौगोलिक भूभागहरूका बारेमा परिचित गराइराखेका छन् । भूक्षेत्रहरूलाई मानवीय परिचय गराउनु उनको अर्को काम देखिन्छ ।

कवयित्री पारिजातले सामाजिक विद्रोहको भावलाई सामाजिक अन्यायको जालो चुँडाउने कसीका रूपमा ल्याएकी छन् । नयना प्रधान, नरेन्द्र प्रसाई र भवानी पाण्डेको भाषामा भन्नुपर्दा सामाजिक विकृति र मानवीय विषलाई अन्त्य गर्ने औषधीका रूपमा पारजिातका कविता अगाडि आएका छन् । जस्तै उनको कविता An Ailing Lover’s Letter to a Lahure यसरी बिम्बित देखिन्छ—
Sweetheart
lots of love!
Hung on the necks
of these free-flying pigeons
I feel like sending a heart.
A heart welded,
a love letter attached
and revise once more,
the emotionality of love
old as a century is old. (p. 84)

यस कवितामा एउटी प्रेमिका आफ्नो प्रेमीको अभावमा पानीबिनाको माछो भएर छटपटाएकी छ । ऊ चाहन्छे, उसको आत्मा चरो भएको भए परेवा भएर चुम्थी होला ।

स्वतन्त्र उड्ने परेवाको प्रतिबिम्बले कवितालाई थप मार्मिक बनाएकोछ । यस कवितामा एकातिर प्रेम छ भने अर्कातर्फ महिलाको अस्तित्ववादी रूप जोडिएको छ जसले गर्दा कविता पूर्ण रूपमा व्यङ्ग्यात्मक हुन सक्छ ।

वैरागी काइँला आफ्नो कवितामा प्रकृतिप्रेम झल्काउन अग्रसर देखिन्छन् । उनको कविता त्जभ :यगलतबष्ल मा जीवन र मरण दुवैमा अर्थात् सपनामा पनि प्रत्येक हिमाल, पहाड र यसका यात्रीहरूलाई माया गरेको देखिन्छ ।

कालीप्रसाद रिजालले आफ्ने कविता Looking into the Mirror मा आफ्नै रूप, प्रकृति, मोह र मायालाई बिम्बित गरेकाछन्। उनले आफ्ने विगत हेरी सपनारूपी भविष्यलाई वास्तविकतामा बदल्न खोजेका छन् ।

उषा शेरचनको कवितामा जीवन जिउने कला सिकाएको पाइन्छ । उनले आफ्न पाठकलाई उ‚ विचारका साथ सतर्कतापूर्वक बाँच्न सन्देश दिएको देखिन्छ । आफ्नो कविता Dreams and Ruin मा उनी यसरी बग्छिन्—
We could neither hold in warm bosoms,
nor kiss with a tender touch!
Even as love dripped from the hearts,
we could not collect in our palms
even as countless pearl beads flowers down the eyes,
we could not gather with our fingers. (p. 357)

शेरचनको कवितामा सामाजिक वास्तविकता जेलिएको देखिन्छ जसरी प्रेमीप्रेमिकाको मायाजाल गाँसिन्छ । धेरैजसो कार्यहरू जीवनमा सम्भव हुँदैनन्, तर असम्भवलाई सम्भव गराउन खोज्नु जीवनको अर्को रोजाइ हुन सक्छ जुन धोकामा परिणत हुन पनि बेर लाग्दैन । शेरचनका कवितामा पात्रहरूको प्रमुख लक्ष्य भनेको अस्तित्वको लडाइँ जित्नु देखिन्छ जुन टुक्रिएका विचारहरूले सिर्जना गर्छन् ।

इन्दिरा प्रसाईका कविताहरूले मानवमस्तिष्कमा उकुसमुकुस भएका बिम्बहरूलाई प्रतिबिम्बित गर्छन् । उनले समाजमा रहेका गिरे आँखावाला मानिस र नेताहरूलाई खबरदारी गरेको देखिन्छ । उनको कविता We in Pursuit of a Nation ले राष्ट्रियताको जगेर्ना गर्ने सन्देश छाडेको छ । जस्तै—
If someone intrigues the nation and betryas it,
my heartaches.
Some kept ascending upward
making the nation a ladder of their selfish drives
and underneath the ladder
the creative of distrust deepens,
and as they descend
their foundation stands ruined. (p. 404)

उक्त कवितामा देशलाई बर्बाद पारेर आफ्नो स्वार्थ पूरा गरिरहेका देशद्रोही, कामचोर र भ्रान्तिहरूप्रति तीखो प्रहार गरेको पाइन्छ ।

मोमिलाका कविताहरूमा जीवनका भोगाइहरू बिम्बित छन् । मोमिलाले कवितामय सिर्जनालाई फूलको झुप्पाका रूपमा लिएको पाइन्छ । कविताको मुख्य सिद्धान्त नै जीवन जिउने कलाको सूत्रधार भएको छ । उनको कवितात्मक सिर्जना अस्तित्वको लडाइँ बनेको छ । उनको कविता Unattainable Heights यसरी बग्छ—
Divorced from the self,
I, a fragmented being
cannot accomplish my poems.

As long as I breathe
I cannot demarcate the last frontiers
in the continuity of experiences.

At the moment
I am reading the special issue of pain
in the last page of comprehended life.
Moaning bell in ringing from the shrines.
But, I cannot as well
think of the ultimate height of an icy mountain. (p. 532)

मोमिलाको कविताले जीवनका अनगिन्ती तथा असीमित इच्छा र अपूर्ण चाहनाहरूले गर्दा मानिस आफ्नै आत्मासँग बिछोडिनुपरेको कुरा बिम्बित गरेको पाइन्छ । तर सास रहेसम्म आस मेटिँदैन भन्न उनको कवितात्मक भाव सबैका लागि सङ्घर्षको प्रेरणास्रोत बन्न पुग्छ । प्रगतिको शिखर चुम्नका लागि अगाडि बढेको मन द्विविधामा अलमलिएको छ जसले वास्तविक सत्य फेला पार्न मुस्किल देखिन्छ । त्यसै गरी उनको अर्को कविता Morrow’s Sun Did Not Set मा उनको आशावादी विचार बिम्बित छ । यस कवितामा उनले सारा काला बादललाई चिरेर अगाडि बढ्नुपर्ने भाव व्यक्त गरेकी छन् । रोग, भोक र शोक सबैसँग लडेर बाँच्ने नैतिक पाठ सबैको प्रेरणास्रोत बन्न सक्छ । स्वप्नमय जिन्दगी र वास्तविकता दुवैसँग जुधेर अगाडि बढ्ने सन्देश कवितामा झल्किन्छ ।

यसरी विभिन्न कवितामा गहिरिएर जाँदा जीवन सङ्घर्षका लागि भएको देखिन्छ भने प्रेम पीडाको केन्द्र भएको छ । समग्रमा भनुपर्दा Dancing Soul of Mount Everest अत्यन्तै उच्च स्तरको सङ्ग्रह भएको छ जसमा प्रेम र घृणा दुवै धार अगाडि बढेको देखिन्छ ।

सन्दर्भस्रोत:
पाण्डे, भवानीप्रसाद, पारिजातका उपन्यासमा समाजवादी यथार्थवाद, काठमाडौँ, २०६४ ।
पारिजातका सड्ढलित रचनाहरू (भाग १—६), सिक्किम : निर्माण प्रकाशन, सन् १९९७ ।
प्रसाई, नरेन्द्रराज, नारीचुली, काठमाडौँ : नइ प्रकाशन, २०६३ ।
प्रसाइ, नरेन्द्रराज प्रसाई, पारिजातको जीवनकथा, काठमाडौँ : एकता प्रकाशन,२०६३ ।
मोमिला (सम्पादक), डान्सिल सोल अफ माउन्ट एभरेस्ट, काठमाडौँ : नेपाली कलासाहित्य डट कम प्रतिष्ठान, २०६७ ।



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल