फोटो कविता

विश्वासको सौन्दर्य

मञ्जुल

 

दुई जना ससाना केटीहरू
हात समातेर हिँडिरहेका छन्

मेरो साथी ती हातहरूतिर औँल्याउँदै भन्छ,

‘त्यो मुठ्ठीमा के छ र ?’

म भन्छु,
‘भविष्य, सुन्दर भविष्य !’
साथी हाँस्छ अविश्वासले
म हाँस्छु विश्वासले ।



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल