विश्वसाहित्य

निलचरी

The Blue Jays
माइकल रोथेनबर्ग (अमेरिका)

पर्खाल हुँदै फेरी चिनियाँ घोडाहरु दौडन्छन्
पातका अमूक जीवनकथा
युद्ध जारी छ
पुस्तकहरु, पिडाका संकलनहरु
म तिनीहरुलाई फेरी हेर्न चाहान्न

मलाई ति निलचरीहरुसँग लगिदेऊ
रक्तचन्दनको रुखमा केही चबाइरहेको लोखर्के
मेरा कुकुरहरु, म र टेरी
र नयाँ वर्षको पूर्वसन्ध्यामा सिमसारमा उभिएर
एउटा घमाइलो दिन मेरो छोरो शनिग्रहलाई हेर्छ ।

एउटा गोही

मलाई ति निलचरीहरुसँग लगिदेऊ
प्राकृतिक हल्लाहरुले
उज्यालो खोल्छ । जिब्रो अभ्यस्त छ
तर म इटालीमा रहेका मेरा साथीहरुको याद गर्छु
उनि भन्छिन्, “फर्किएर आऊ”
म भन्छु, म अहिले नै फर्किन चाहान्छु
तर यि निलचरीहरु छन्
कसैले यि निलचरीहरुको हेरचाह गर्नुपर्छ

जब म कतै टाढा हुन्छु

मलाई ति निलचरीहरुसँग लगिदेऊ
अर्कै समय र स्थानमा
जब म क्रोधित हुन्थें र केही भन्नु हुन्थ्यो
जब बुद्ध राती तख्तामा बस्थे
तब सुगन्धले मलाई घरमा पुर्याउँथ्यो ।

 

(अङ्ग्रेजीबाट अनुवाद शोभा भट्टराई)



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल