विश्वसाहित्य

सौन्दर्य गायन

Song of Beauty
खलिल जिब्रान

प्रेमको मार्गदर्शक हुँ म ।

आत्माको मदिरा र,

हृदयको भोजन हुँ  म ।

 

म एक गुलाब हुँ,

एकाबिहानै म आफ्नो हृदय खोल्छु,

एउटी किशोरीले मलाई टिप्छिन्, चुम्बन गर्छिन् र आफ्ना छातीमा राख्छिन् ।

खुसीको आवास र,

 आनन्दको स्रोत हुँ म ।

 आरामको आरम्भ हुँ  म ।

कुनै युवतीको ओठको मन्द मुस्कान हुँ म,

यौवनले मलाई नियाल्छ, 

उसले आफ्नो थकान बिर्सन्छ, 

अनि उसको जीवन मधुर स्वप्नहरुका लागि प्रदर्शनस्थल बन्दछ ।

कविको कल्पना र

कलाकारको गुरु हुँ  म ।

सङ्गीतज्ञको शिक्षक हुँ म ।

वात्सल्यमयी आमाको दृष्टिप्राप्त  बालकका नजरको वयान हुँ म ।

त्यसभन्दा पहिला उनी बन्दना गर्छिन् र ईश्वरको जयगान गाउँछिन् ।

हव्वाको रुपमा  आदमका सामु प्रकट भएर,

उसलाई बसीभूत गरेँ मैले ।

सोलोमनकी प्रेमिकामा अन्तर्निहित भएर प्रकट भई , 

मैले उनलाई कवि एवम् सन्त बनाएँ ।

हेलेनलाई मैले मुस्कान दिएँ, 

अनि ट्रोए ध्वस्त भयो,

मैले क्लियोपेट्रालाई मुकुट पहिराएँ र शान्तिले नाइल विजय ग-यो ।

भाग्य जस्तै हुँ म, 

आज बनाउँछु

भोलि विनाश गर्छु ।

म ईश्वर हुँ । 

म जीवन दिन्छु र मृत्यु पनि ।

म बैजनी फूलको उच्छ्वासभन्दा हल्का छु 

अनि तुफानभन्दा शक्तिशाली ।

ए मानवहरु हो, म एक सत्य हुँ, हो एक सत्य ।



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल