विश्वसाहित्य

वकपत्र

Confession
इलेनगोभान (सिगांपुर)

त्यो एक पखेटे चरा
अहिले के भनिरहेको छ?

के त्यो आवाज

तिम्रो झ्यालबाट
भित्र झरिरहेको इन्द्रेणीलाई
मस्तिष्कबाट मेट्नलाई हो?

तिमीलाई शाही सलामी दिइरहेका
फूलहरूलाई
निमोठ्नलाई हो ?

लुकामारी खेलिरहेका ताराहरुलाई
टिपेर
खुर्पे आकारको डुङ्गा बनाउन हो ?

गालामा चिमोट्ने
बेलुकीको बतासको औँलामा
रिबन बाँध्न हो ?

मेरो पाखुरामा बालकले झैँ समाउँदै
अझै भुइँमा अडिएको
त्यो एक पखेटे चरा
अहिले के बोलिरहेको छ ?

हुनसक्छ, त्यो तिम्रो आँखीभौँ बीच ठोकिएको
सिपाहीको गोलीबारे चलेको
संसदीय बैठक हो ।

एक पखेटे चरा
नहल्लीकन
आफ्नो लचकदार पखेटा फट्फटाउँछ
तिम्रो विचार भट्याउँछ
र मेरो काखमा तिमीले निकालेको सुनौले गाज हेर्दै
मेरो मुटु टिप्छ ।


(अङ्ग्रेजीबाट अनुवाद केशव सिग्देल)



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल