विश्वसाहित्य

यात्रीः संसार (र हामी)

Visitor: The World (and Us)
एकारात जितम्यानपियान (थाइल्याण्ड)

प्रिय साथी, तिमी के उत्तर खोजिरहेछौ ?
केवल केही प्रश्नहरू साम्य पार्ने उत्तरहरू ?
त्यसका लागि कुन शब्दहरू प्रयोग गर्दै छौ?
र त्यसो किन गरिरहेछौ ?

त्यो प्रश्न संसारका लागि हो वा हाम्रा लागि मात्र ?
त्यो दिनका लागि हो वा लिनलाई मात्र ?
त्यो प्रश्न प्रेम बारे हो वा विछोड पनि ?
अथवा आँसुका बारे वा हाँसो पनि ?

त्यो प्रश्न संसारका लागि हो वा हाम्रा लागि मात्र ?
पुरातनमाथिको प्रश्न हो वा नविनता बारे ?
विगतबारे सोधएको हो वा भविष्य बारे ?
अथवा वर्तमानको यसै क्षणका बारे ?

त्यो प्रश्न संसारका लागि हो वा हाम्रा लागि मात्र ?
आलस्यपूर्वक सोधिरहेछौ वा उत्साहपूर्वक ?
अस्वीकार गर्नका लागि वा आश्वस्त पार्न ?
सपना साकार पार्न वा भङ्ग गर्न ?

त्यो प्रश्न संसारका लागि हो वा हाम्रा लागि मात्र ?
हामीलाई उदेश्यबाट च्यूत गर्न वा प्रोत्साहित गर्न ?
अथवा मानिस र जनावरको गतिमा
जन्म र मृत्युको चक्रमा दौडाइरहन ?

त्यो प्रश्न संसारका लागि हो वा हाम्रा लागि मात्र ?
हामीलाई मुक्ति दिन वा सजायका लागि ?
धम्की दिएर वा प्रयत्न स्वरूप ?
अनुकुलन गर्न, परिवर्तन गर्न वा प्रतिरोधका लागि ?

त्यो प्रश्न संसारका लागि हो वा हाम्रा लागि मात्र ?
हामी वास्तवमा के खोजिरहेका छौँ ?
आशक्तिको बन्धनलाई जित्न वा घृणाको ?
अथवा त्यस्ता बन्धनलाई भित्र गहिराइमा कैद गर्न ?

त्यो प्रश्न संसारका लागि हो वा हाम्रा लागि मात्र ?
कि केही अस्पष्ट उत्तरहरू पाउनका लागि मात्र ?
संसार र हामीलाई लामो समयदेखि सोधिरहेछौ प्रश्नहरू
निर्वाणबाट टाढै जीवन मृत्युको अविरल चक्रबाट ?


प्रिय साथी, तिमी के उत्तर खोजिरहेछौ ?
केवल केही प्रश्नहरू साम्य पार्ने उत्तरहरू ?
यहाँ बडो सजगताका साथ उत्तरहरू दिइन्छ
प्रत्येक यात्रीबाट सोधिने प्रश्नहरूको

यहाँ निकै सजगताका साथ ग्रहण गरिन्छ
यात्रीहरूबाट आउने उत्तरहरू पनि !

नाइ तिवा उपनामले विख्यात एकारात जितम्यानपियान समकालिन थाइल्याण्डका प्रखर कवि हुन् । बाब ख्वाइ ख्वाइ
(२००७), बोन—बो (२००८) र नारोक खेङ् (२००८) लगायत उनका आधा दर्जन भन्दा बढी कविता सङ्ग्रहहरू प्रकाशित छन् । उनी राजधानी बैङ्कक स्थित अन आर्ट क्रियशन मा कविता सम्पादकको रूपमा समेत काम गर्छन् ।

 

(अङ्ग्रेजीबाट अनुवाद—केशव सिग्देल)



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल