कथा

नकचरो राजनिति

Shameless Politics
प्रकाश गिरी

काले सत्चालीसमा जन्म्यो। छयालीसको राजनीतिले उसलाई आमाको पेटमा राख्नु बाहेक केही गरेन।

पाँच-छ बर्षको हुँदा बाबुका पछि लागेर हलगोरु खेद्दै गर्दा कालेले सुन्यो – "मदन भण्डारी मरेछन...पक्कै विदेशीको षड्यन्त्र हो। अब देश सकियो।"
कालेको बाल मस्तितकमा डर पस्यो अनि तर्सिदै बाउलाई सोध्यो – "बा! देश कसरी सकिन्छ ?"
जुठेदाईसँग उत्तर थिएन! बुढा खिस्स हाँसे।

समय बित्दै गयो। गोरुका पछाडि नाचेर थाकेका जुठेदाईले छोरालाई आफूजस्तो हली हुनु नपरोस भनेर जेनतेन हाईस्कुल पठाए। ६ कक्षामा नपुग्दै कालेले फेरी सन्यो – "राजपररिार मसिएछन्..पक्कै विदेशीको षड्यन्त्र...।
अब देश सककयो।

राष्ट्रिय शोकमा कालेको बिद्यालय छुट्टि भयो। गर फर्किने बित्तिकै फेरर बाउलाई सोध्यो "बा! देश कसरी सकिन्छ ?"
त्रसित भएर बसेका जुठेदाई मौन नै हराईरहे!

"लौ सदरमुकाम हाने रे...चौबीस जना मरेछन्...पुल भस्त्कएछ... नाईके लाई पक्रेछन्..." – कालेले बाह्रको हुाँदा फेरी सुन्मयो – "अब यतिै गोला बारुदै हो भने देश सकियो।"

एकदिन कालेको विध्यालय कब्जा भो भन्मने हल्ला चल्यो, काले एकहप्ता हरायो। एकहदन सााँझमा सुटुक्क घर फर्केपछि तर्सिएका बाउलाई फेरर सोध्यो – ''तिम्ले बना’को मस्न्मदरमा मैले नररिल फुटाउने समय आउन ला’छ रे... तैपनि देश सकियो भन्छन्। बा!...लौ तिमीनै भन अब देश कसरी सकिन्छ?"
बिचरा बुढाले आफ्नो कलिलो कालेका छिप्पिएका कुरा बझ्नन सकेनन्। फेरि मौन!

काले आव कमरेड कालु नेपाली भयो, युद्दमा गयो। काकाको छोरा पल्टने नेपालीलाई गोली ठोक्न सकेन उसले! फेरी सम्झायो समानताको नारा...रगत उम्लियो...अनि ड्या्म!

"राजा झुके, अब जनताको छोरा राष्ट्रपति हुन पाउने रे!...देशमा अब नयााँ कम्पनी खुल्छन, मेट्रो चल्छ..." – कालेले सुन्यो – "अब देश बन्यो।" आफैँलाई राष्ट्रपतिको कुसीमा कल्पेर काले फुरुङ्ग भो! युद्दका आतंककारीहरु त राष्ट्रनेता कहलिए तर लाखौका बीचमा हराएको कालेलाई कसैले खोजेनन्। न त सात कक्षा पनि पास नभएको ऊ आरक्षणमा नै अटाउन सक्यो।

बरु बाबुले विवाहा गराईहदए। दोजिया श्रीमती छाडेर काले एक्काईसमा खाडी छिर्यो।

कालेको घरमा एकहदन एकबिहानै कौवा करायो – "काले...हर्टअट्याक!"

सुत्केरी बुहारीलाई गााँउमा एक्लै छाडेर बेहोसीमै जुठेदाई राजधानि हानिए। बैसठ्ठी बर्सिय बाबले समृद्ध बन्न
हिँडेको आफ्नो बाईस बर्सिय मृत छोराको लाश पाउन पनि साठीहदन एयरपोर्टमा बसेर झोक्राउनुपर्द आफूपनि
समाथधमै पुगेको महसुश गरे। यता समाजले बुहारीलाई बोक्सी बनायो, नातिनीलाई टोक्कुवाई!

देश अझैपतन उस्तै थियो, तर कफनको ढ्क्कन खुल्नेबित्तिकै छोराको फुस्रो अनुहार चुम्दै जुठेदाईका आाँसुका
धारा बर्के – "देश यसरी सकिदो रहेछ छोरा...देश यसरी..."

- प्रकाश गिरी
काठमाण्डौँ विश्वविध्यालय



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल