कथा

मेरो श्रीमानको बिहे

My Husband’s Marriage
माया ठकुरी

‘सरको दोस्रो विवाह नहुँदासम्म तपाइँको शरीरलाई कुनै  न कुनै रोगले आक्रमण गरिरहन्छ । उस्तै परे उहाँको ग्रहले गर्दा तपाईंको ज्यानसमते जाने खतरा छ । यसर्थ उहाँले्र दोस्रो विवाह गर्नैपर्छ ।’ मेरी आमाले डाक्नुभएको पण्डितले मेरो चिना हेरेपछि स्पष्टसँग भनेका थिए । पण्डितको कुरो सुनेपछि मेरी आमाको अनुहार एकाएक अँध्यारो भएको थियो ।


‘ए... त्यै भएर पो यसरी बिरामी पर्दिरहिछे ।’ आमाले चिन्तित मुद्रामा मतिर दृष्टि पुर्याउँदै भन्नुभयो ।


‘आ... यो रोबोटको युगमा यस्ता कुरामा कसले विश्वास गर्छ ? मानिसहरू कहिल्यै बिरामी पदर्नैन् र ? मलार्इ  पनि बेला–बेलामा रोगले सताउँछ तर डाक्टरलाई जँचाएर औषधि उपचार गर्यो भने ठीक भइहाल्छ ।’ आमाको करले गर्दा पण्डितलाई चिना देखाउन राजी भएकी मैले उनले भनेको कुराप्रति अनास्था पक्रटगर्दै भने ।

‘तैँले त विश्वास गदिर्नस् तर हामीले त परम्परादेखि मान्दैआएको रीतिलाई अझै पनि मान्दै आएकाछौँ । मलाई त पण्डितजीले भन्नभुएको कुरामा विश्वास लाग्यो । हुन पनि हिजोआज तँलाई बारम्बार एउटा न एउटा रोगले सताइरहेको छ ।’ मेरी आमाले पण्डितले भनेको कुरामा सही थाप्दै भन्नुभयो ।

‘तपाइर्हंरूले यस विषयमा  राम्रोसगँ घरसल्लाह  गरे र मलाई खबर गर्नुहोला । मैले उहाँको चिना हेरे र जस्तो देखेँ त्येस्तै भनेँ । आफ्नो तर्फ़बाट उपाय पनि भनिदिएँ । अब यो करुो मान्ने नमान्ने तपाइर्हंरूको इच्छा । अहिलेलाई म बिदा भएँ’ भन्दै पण्डित बिदा भएर गएका थिए ।

‘ए छोरी ! तेरो बुद्धि के भएको हो ! यतिका पढेगुनेको मान्छे भएर पनि आफ्नो हित–अहित हुने कुराको मेसो नपाउने । हेर, मैले भनिदिया’छु तेरो चिनोमा सौतेनी ग्रह लेखेको छ भने त्यो भएरै छोड्छ । भएन, जुवाइँको चिउँडो पनि दुईवटा देखिन्छ । त्यस्ता दुईवटा चिउँडो हुने मानिसको दुईवटी श्रीमती हुन्छन् भन्ने ठीकै रहेछ । चिनोले पनि त्यही देखायो ।’ पण्डित गइसकेपछि मेरी आमाले आफ्ना मनमा उठेका भावना व्यक्त गर्नु भयो ।

‘आमाले पनि कनु युगको कुरा गनर्भुएको हालो ?.... अहिले आइमाइ मान्छेले चाहे भने आफूलाई लोग्नेमान्छे र लोग्नेमान्छे आइमाईमा परिवर्तित हुन सक्छन, सात समुद्र पारिबसको मान्छेले एक–अर्काको  अनुहारहेर्दै बात मार्न सक्छन् । तपाई भने अझै पनि ‘चिनामा लेखेको छ’ भन्दै उही रूढिवादी रीतिथिति मान्न छोड्नुभएको छैन । यसो गरेर पनि संसार चल्छ र ?’

आमाको कुराको प्रतवाद गर्दै  मैले भने ।

मेरो कुरा सुनेर आमाले कुनै उत्तर दिनु भएन, तर आमाको अनुहार हेर्दा उहाँले मेरो कुरा मन नपराएको स्पष्टसँग देखिन्थ्यो ।

‘के हो ! पण्डितले त मलाई  दोस्रो विवाह  गनुपर्छ भने अरे हो ?’ राति काठोमा पस्नासाथ मेरो श्रीमान्ले मुस्कराउँदै मसँग प्रश्न गर्नुभएको थियो ।

‘बिहेको कुरा सुनेर  निकै खुसी लागेको जस्तो छ नि !’ मैले भने ।

‘खुसी त लाग्ने नै भयो नि । बिहे पनि कस्तो ? आफ्नै श्रीमतीले गराइदिने । तिमी पनि खुसी नै हुनु पर्ने हो, होइन र ?’ श्रीमान्ले परिहासपूर्ण स्वरमा भन्नुभयो ।

‘ए छोरी, पण्डितले भनेको कुरालाई हलुका रूपमा लिनु हुँदै न है !’ तेरो दुईवटा नाबालक सन्तानहरू छन्, भएन तेरो बुवाको मृत्युपछि म पनि तिमीहरूको आश्रयमा बसेकी छु । तँबाहेक मेरो अरू सन्तान
छैनन् । तँलाई केही भयो भने म वृद्ध भइसकेकी मान्छेले यी केटाकेटीहरूलाई के गरी हुर्काउनु ? जुवाइँले बिहे गर्दिन भने पनि उनको आफन्तहरूले आखिर उनको बिहे नगराई छोड्ने छैनन्, अनि सौतेनी आमाले यी केटाकेटीलाई कति हेला गर्ली ? त्यो कुरा तँलाई मैले बुझाइरहनु पर्दैन । मान् छोरी, मान् ! मैले भनेको मानेर पण्डितले भनेको कुरालाई गम्भीरतापूर्वक पालना गर् !’ अर्को दिन बिहान मौका पाउनासाथ आमाले मसँग भन्नुभएको थियो ।

‘मेरो बिहेको विषयमा कुरा हुँदै छ कि क्या हो ?’ भन्दै उत्तिनै खेर मेरो श्रीमान् हामी आमा–छोरीले बात मारेको ठाउँमा टुप्लुक्क आउनुभयो ।

‘हेर्नोस् न जवुाइसाँप, म त यसलाई सम्झाउँदा–सम्झाउँदा हार खाइसकेँ, कति सम्झाउँदा पनि नबुझ्ने । अब तपाईंले नै यसलाई सम्झाउनुपर्यो ।’ जुवाइँलाई आफ्नो अघि देख्नसाथ मेरी आमाले गुनासो
पोख्नुभयो ।

‘यतिका वर्षसम्म मैले तिमीलाई बडो दिलदार नारी भनेर ठानेको थिएँ, तर तिमी पनि ईष्र्यालु र सङ्कुचित विचारधारा भएकी नारी पो रहिछ्यौ त... ! मैले दोस्रो विवाह गदैर्मा कनु चाहिँ भुँइचालो आउँछ र
यसरी तर्सिएकी ? मैले बिहे गरे पनि तिम्रो अधिकार जस्ताको तस्तै सुरक्षित रहनेछ , ढुक्क भएर बसे हुन्छ ।’ आमाको कुरो सुनेपछि मेरो श्रीमान्ले मतिर हेर्दै ठट्यौलि पारामा भन्नभयो ।

‘पण्डितले दोस्रो विवाहको योग छ भनेको सुने देखि खुसीले तपाइको  त पखेटा पलाएको जस्तो छ । तपाईंहरू गर्नुहुन्छ होला यस्ता कुरामा विश्वास,  म त गर्दिनँ ।’ मैले भनेकी थिएँ ।

त्यसपछि कैयन् दिनसम्म मेरो श्रीमान्को बिहेको विषयलाई लिएर हाम्रो घरमा आमा, मेरा श्रीमान् र मेरो बीचमा निकै चर्काचर्की परेको थियो ।

केही दिनपछि, मलाई मनाउनुलाई केही सीप नलागेपछि, मेरी आमाले आँसुको हतियार तेस्र्याएर अनसन बस्ने घोषणा गर्नुभयो । अन्त्यमा आमाको मन राख्नका लागि मात्र भए पनि मैले  मेरो
श्रीमान्को दोस्रो बिहेका निम्ति स्वीकृति दिएँ ।

मैले स्वीकृति दिनासाथ घरमा खुसियाली छायो ।

एकदिनको कुरो हो, म भान्साकोठामा बसेर तरकारीका लागि आलु काट्दै थिएँ, त्यत्तिकैमा मेरी साढे पाँच वर्षीया छोरीले मेरो छेउमा आएर मसँग सोधी, ‘मामु ! अब हाम्रो बुवाको बिहे हुन्छ अरे हो ?’
मलै  छोरीतिर हेर्दै हाँस्दै ‘हो’ भने  । मैले ‘हो’ भन्नासाथ छोरी खुसी भएर ताली बजाउँदै ‘हाम्रो बुवाको बिहे... ! हाम्रो बुवाको बिहे... !’ भन्दै बाहिरतिर दगुरी ।

मेरी आमाले फेरि पण्डितलाई घरमा डाक्न पठाउनुभयो । पण्डित आए । लगनका लागि साइत जुराए । अनि त्यही दिनदेखि मेरी आमाले बिहेमा चाहिने सर्जामको बन्दोबस्त गर्न लाग्नुभयो ।

तोकिएको मितिमा बिहानको करिब नौ बजेतिर हामीहरू एउटा जीप र पिकअप भ्यान लिएर विवाहस्थलतिर लाग्यौँ  ।

प्रायः डेढ घन्टाजति यात्रा गरेपछि हामीहरू सबै विवाहस्थलमा पुग्यौँ । त्यहाँ पुगे र गाडीबाट ओर्लनासाथ हाम्रा एकजना निकटका पारिवारिक मित्र कमलकान्तले हामीलाई स्वागत गरेका थिए ।

‘सब ठीकठाक छ त कमलकान्तजी ?’ उनलार्इ  भेटनसाथ मेरो श्रीमानले प्रश्न गर्नुभयो ।

‘सब ठीक छ । मासु, पुलाव, अचार, दही सब तयार भइसकेको छ ।’ कमलकान्तले उत्तर दिए ।

‘ओहो ! वहाँको बिहेमा दुलहीको तफर्बाट तपाँइलेनै यत्रो भोजको आयाजेना गर्नुभएको?’ मैले कमलकान्ततिर हेरे र परिहास गर्दै भने ।

‘होइन भाउजू, मेरो गाउँ मन्दिरदेखि नजिकै पर्छ त्यै भएर मैले यसो मद्दत मात्र गरेको हुँ, बाँकी बोको किन्ने आदि सारा खर्च  त उहाँले अस्ति नै दिइसक्नभुएको थियो।’ कमलकान्तले मेरो श्रीमान्तिर इङ्गित गर्दै भने ।

‘ए... नयाँ दुलहीका निम्ति अहिलेदेखि नै यतिका खर्च गरेको... ?’ मैले श्रीमान्तिर हरे र व्यङग्य हाँने ।

‘किन नगर्नु त ?उनी तिमीजस्तो जबाफ लगाउने खालकी छैनिन्, मैले जे भनेँ पनि शिर निहरुाएर सुनिरहन्छिन् । अब त तिमी मसगँ रिसाएको बेला म उसैसँग बसेर कुरा गरिरहनेछु ।’ मेरा श्रीमान्ले गम्भीर
स्वरमा भन्नुभयो ।

‘उस्स... !’ श्रीमान्को कुरो सुनेपछि मेरो मुखबाट आवाज निस्क्यो ।

बेहुलीलाई सिँगार्ने, उसलाई सारी–चोलो, माला, चुरा, टीका आदि लगाइदिने काम मेरी आमाले गर्नुभएको थियो । अझ भएन एउटा झिलमिल सितारा जडेको ओढ्ने ओढाउने काम पनि आमाबाटै भयो । त्यो सब काम गरिरहँदा आमा निकै उत्साहित देखिनुभएको थियो ।

म एकनाससित आमाको दुलहीलाई  सिगाँर्दै गरेको दृश्य हेरिरहे ।

केही बेरपछि विवाहको कार्यक्रम सुरु भयो । पण्डितले वैदिक मन्त्र पढ्न थाले । आमाले कन्यादान गर्नुभयो । मेरो श्रीमान्ले दुलहीलाई सिन्दुर–पोते लगाइदिनुभयो ।

‘ल... अब विवाह सम्पन्न भयो ।’ विवाहको विधि सिध्याएपछि पण्डितले भने।

‘अब भने म ढुक्क भएँ ।’ आमाले सन्तोषको सास फेर्दै भन्नु भयो ।

म हाँसे मात्र ।

खानपान सिध्याएर फर्किने बेलासम्ममा साँझ पर्न लागेको थियो । हामीहरू घर  फर्किनकोलागि जीपमा गएर बस्यौँ । अगाडि सिटमा ड्राइभर, आमा र सानो छोरो बसेका थिए भने पछिल्तिरको सिटमा मेरो
श्रीमान, छोरी र म बस्यौँ ।

‘पख्नोस् ! पख्नोस् ! एउटा कुरो त मैले भन्नै बिर्सिएको रहेछु ।’ जीप हिँड्नलाग्दा पण्डितले हतार हतार गरेर हामीतिर आउँदै भने।

‘के बिर्सनुभयो ?’ पण्डित नजिकै आएपछि मेरो श्रीमान्ले सोध्नुभयो ।

‘ए... कुरो के भने ..., तपाँइले एउटा कुरामा चाँहि ध्यान दिनुपर्छ । त्यो के भने कथकांल यो दुलही मरेको तपाँइले देख्नुभयो भने चाँहि  तपाइले उसको सम्पूर्ण  मृत्यु सस्ंकार आफैले गर्नुपर्ने हुन्छ । यसथर्, तपाँइ यतातिर... ।’

‘ए ... त्यो त म गरिहाल्छु नि पण्डितजी, तपाँइले पीर गर्नै पर्दैन ।’ पण्डितले भन्न खोजेको कुरो नसकिँदै उनको कुरोलाई बीचैमा काट्दै मेरा श्रीमान्ले भन्नुभयो ।

मैले श्रीमान्तिर हेरेर ओठ लेब्य्राएँ ।

त्यसपछि,  जीप गुड्न सुरु भयो । जीप गुड्दै गर्दा अनायासै मेरो दृष्टि मन्दिरको नजिकै रहेको त्यो निर्जन एकान्त स्थानमा पुग्यो जहाँ अनेकौँ बोटबुट्यानहरूको माझ दुलही बनाएर सजाइएको त्यो आँकको बोट ठिङ्ग उभिएको थियो ।



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल