कविता

बेपत्ता नागरिक

Lost citizen
धिरज राई

आमा !
सपनीमा आफैले सुनाएँ तिमीलाई–
मेरो मृत्युको खबर
र छामेँ–
दबिएको सासको चाप
उर्लिएको आँसुको वेग

कतै विवशतमा किरिया बसेकी पो छ्यौ कि !
या त अझै मूर्च्छनामै अल्झेकी छ्यौ !
के थाहा छ तिमीलाई ?
कि केही पनि थाहा छैन ?

तर, साक्षी छन्–
निल्न नभ्याएको गाँस,
चिम्लन नपाएको ओछ्यान
र ढोग्न नसकेको तिम्रो आशीर्वाद
    –म मरेको छुइनँ आमा !

भयो नखोज,
पुग्दैन तिम्रो सामर्थ्य
बरु तिम्रा सबै भगवान्लाई पठाउनू
मलाई लिन– अपरिचित ठेगानाको अध्याँरो चेपभित्र



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल