नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


अमर शाह

प्रवासमा

अपरिचित छ
माटोको गन्ध र,
नयाँ छ हावामा वास्ना

स्वतन्त्रता छ,
छैन बन्धन–
नाता, सम्बन्ध र आत्मीयताको

पुराना सम्झना छैनन
सुम्सुम्याउनलाई
न स्नेहको न्यानोपन छ वातावरणमा

पूरै औपचारिक र व्यावसायिक लाग्छन–
स्वागत र,
स्वागतका मुस्कान ।

लाग्छ–
नयाँ परिवेशमा
सम्पन्न छु, सुखी छु
र, लाग्छ स्वतन्त्र छु
तर, त्यसको समानन्तर

लागि रहन्छ
गन्तव्य बिहीन र आधारहीन
कतै बरालिई रहेछु
जसरी बरालिन्छ
चुडिएको चंगा ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु