विश्वसाहित्य:
अमिनुर रहमान
(बङ्गलादेश)
अतितको याद (कविता)
म साङ्लोको झन्कार सुन्छु
र आफूलाई निरन्तर त्यो अविछिन्न आवाजमा समाहित गरिदिन्छु
पुरानो तम्बाखुको तिख्खर गन्धले मलाई रिङगटा लाग्छ
फेरी उल्लासले मेरो आत्मा छोइदिन्छ ।
म साङ्लोको झन्कार सुन्छु
र मुटु देखि आत्मासम्म अदृष्य अनुभव गर्छु
अरुहरु जस्तै म आफूलाई विनयी बनाउँछु
अँध्यारोबाट माथि उठ्ने इच्छा राख्छु म
तर फेरी गहिरो अचेतनमा आफूलाई हराउँछु
म साङ्लोको झन्कार सुन्छु
म त्यसलाई घन्द््रयाङ्घुन्द्रुङ् आवाजमा भेट्न खोज्छु
तिनिहरुलाई सामना गर्न आफ्नै साहारा लिन्छु
तिनीहरु मलाई झन् जोडले हिर्काउँछन्
मेरुदण्डबाट म श्वास महशुस गर्छु
म साङ्लोको झन्कार सुन्छु
म आफूलाई ति अनुहारमा परावर्तित भएको पाउँछु
जो माटोले लुकाइएको ग्रेगरमा
रक्तरन्जित शव बाकसले ढाकिएका छन्
म भयले काँप्छु
र फर्कनेबेलामा लड्छु
शब्दहरु हतकडी जसरी आउँछन्
र मेरा दुई हातहरु बाँध्छन्
साङ्लोको आवाज नबिलाउन्जेल निरन्तर झङ्कृत भइरहन्छ
म साङ्लोको झन्कार सुन्छु !!