नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


अमुदा श्रेष्ठ

बिबेकलाई बिर्सें

ढुक्क छुँ म
मैले बिर्सनै पर्न कुरा बिर्सें
आफ्नो आनन्दको खोजीमा
मैले अरुले दिएको पीडा सबै बिर्सें
तर शंका लाग्छ अझै
मैले कतै बिर्सनै नहुने कुरा पो बिर्सें

पशुपति मन्दिरको पृष्ठभूमिमा
जलिरहेको चिताको ज्वाला देख्दा
पूर्वमा उदाएको सूर्यलाई नमन गर्न बिर्सें
निराशाको लहर उर्लिंदा गहिरो सागरलाई बिर्सें

देवीशक्तिको मातृत्वको काखमा
मानिस बिचको लुछाचुँडी देख्दा
निलो आकाशमा फैलिएको प्रगाढ स्वच्छता बिर्सें
मुटु पोल्ने दुःख सहन नसकेर सुखको अस्तित्वलाई बिर्सें

घामले टल्किएका हिमालको दृष्यमा
तंछाडमछाडको होडबाजी दौड देख्दा
निष्कलंक प्रकृतिको सुन्दर स्वरुप बिर्सें
पदलोलुपताले धमिलिएको देशमा आदर्शलाई बिर्सें

दुई दिने जिन्दगी बाँच्ने संघर्षमा
लोभ र पापको नाङ्गो नृत्य देख्दा
सत्य प्रारुपको सास्वततालाई नै बिर्सें
जीवन्तता सम्हाल्न खोज्दा खोज्दै जीवनलाई बिर्सें

स्वयम्भूको आँखा सजिएको डाँडामा
अस्ताउँदै गरेको सूर्यलाई देख्दा
नित्य बिहान हुने यथार्थलाई आज बिर्सें
कहाँ पुग्न हतारिएकी हुँ आफ्नो गन्तव्यनै बिर्सें

टहटह जुनले सजिएको शान्त धरतीमा
गृहयुद्धको संत्रासले झ्याप्प ढाक्दा
गरिखान सक्ने जोसिलो विश्वासलाई बिर्सें
ठीक बेठीक के गरिरहेछुँ भन्ने विवेकलाई बिर्सें

मैले बिर्सें
कुनै बिर्सनै नुहने कुरा पो बिर्सें
जन्मको यो खेलमा गर्नु पर्ने भन्दा ज्यादा
टाढाटाढा अल्मलिएर जानु पर्ने दिशा चटक्कै बिर्सें







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु