कविता:

भिक्षु आनन्द
कोलाहल जीवन बीच
कोलाहल जीवन बीचम
मेरो बाटो पछ्याउंछु
मेरो आफ्नै बाटो
मेरो आफ्नो उन्मुक्तिको संसारमा
निराशाक्त
बन्धनमुक्त गर्दै आफैलाई
हरपल जल्ने-जलाउने समाजबाट
जहाँ
लालच, प्रतिशोध, शत्रुता
दुष्टता, निक्रिस्टता राज गर्छन
जहाँ
जीवन
२१औ सदिकै
परम सुख-सयल भोगिन्छ
जहाँ
जीवन
हरपल जल्छ... तडपिन्छ... !
भित्र पनि... बाहिर पनि... !