कविता:

भिक्षु आनन्द
साथी
साथी,
हामी फरक छौं...!
हाम्रो संसार फरक छ...!
तर
हामी पनि रगत(मासुले नै बनेका हौँ ...
संवेदनशीलता र भावानात्मकताले भरेका...!
समाज प्रवाह संगै बगिरहंदा
सबैखाले संसारिक भोग-विलाश पछ्याउदै
भित्र-बाहिर आफैलाई जलाउंदै
हामी प्रवाहको उल्टो यात्रा गर्ने कोशिश गर्छौं
तर
हाम्रो बाटाहरु फरक छन्
हामी तथागतको बाटो पछ्याउछौ
सबै बन्धन तोडी अगाडी बढ्ने
अभिनिश्क्रमणको बाटो पछ्याउछौ
संसारिक भोग-विलाश सबै त्याग्दै
आफुलाई दुस्खबाट उन्मुक्त गर्दै
हाम्रा आफन्तका जलेका मनमा
धर्मको शीतल अमृत-जल छर्न
सदानन्द सुख र शान्तिको मार्ग
सम्पूर्ण दुखबाट मुक्त
सदाकालिक सुखको प्राप्तिका लागि...!