नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


वासुदेव अधिकारी

युरो रेल

खेत खेतै
सुरुङ सुरुङै
घाममा पनि
पानीमा पनि
घिस्रिरहन्छ
युरो रेल
सर्प चालमा

चालै छैन जस्तो
तर तीब्र चाल
भारै छैन जस्तो
तर गह्रुङ्गो भार
गाउँ शहर जोडिरहने
घाम हिउँ छोइरहने
सर्पको लस्काइ
छुचुन्द्राको स्वभाव
न अनुचित आराम
न तीन न तेरको गफ
नित्य गन्तव्य ताकिरहन्छ
युरो रेल
समय सिकाइरहन्छ
प्रतिबद्धता पढाइरहन्छ

यात्रु थकाइ झार्छन्
तैपनि भुइँ सफै
यात्रु ज्ञान गङ्गामा पौडिन्छन्
तैपनि भुइँ ओभानै
शान्त वातावरण
अनेक मनको एक यात्रा
शहर आयो कि दुला पस्यो
गाउँ आयो कि छाती फुकायो
युरो रेल
इन्धन बचाउको गीत
गन्तव्य यात्राको सङ्गीत

मन पर्‍यो मलाई
अनेक शहर जोड्ने यो यात्रा
अनेक मनको एक यात्रा
अनेक उपयात्राको महायात्रा

३ साउन २०६९, १८ जुलाई २०१२







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु