नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


विराट अनुपम

सानुमा

सानुमा
म चराको चंगा उडाउँथे
बादलको डुंगा कुदाँउथेँ
खोलाको स्वास खोज्दै खोज्दै हिड्थे
र, माछासँग आसपास खेल्थेँ

मेरी आमाले स्याहार्ने कोहिली गाइको
भर्खरै जन्मेको बाछिलाइ
आमा भन्न सिकाउथेँ
काग र चिललाइ चोर पुलिस खेल्न
मैले नि सिकाएको हो सानुमा

मैले सानुमा
ताराबाजि लैलै खेल्दा हल्लाँउने हात
र मामा आँउदा टाटा गर्ने आदत
आँगन मुनिको रुखले सिकेर
अहिले उ पनि हावा आँउदा पात हल्लाँउछ
मैले मंशिरमा कुज्यूमा दाँइ घुमेको सिकोगर्दै
यो पृथ्वी पनि सूर्य वरिपरी घुम्न थालेको
मैले विद्यालय पुगेर पो चालपाँए
आफुले चाहेको नपाँउदा
घुक्र्याएर रुन आकासलाइ
कान फुक्ने पनि मै हुँ सानुमा

सानुमा...
आकासले पनि म माथि खुब ख्याल राख्थ्यो
रुख विरुवा माटोमा अभिसेक छरेपछि
अन्मने बेहुली प्रकृतिको
दुरुस्त चित्र कापीमा कोर्न
कहिल्यौ नसकिने पेन्सिल
आकासले मलाइ तल औलको खोलासम्म झारिदिन्थ्यो
मलाइ त्यो सित्तैको सुन्दर
सात रंगि पेन्सिल प्याकेज
लिने मन हुँदाहुँदै हाल लागेन
किनकि मेरी आमाले भन्नुभएको थियो
अरुले दिएको केहिपनि नलिनु
पाप लाग्छ ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु