नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


क्रिस्टोफर ओकेम्वा
(केन्या)

चरनमा गोधुली (कविता)

चरनमा मौनता छ, गहिरो र सुगन्धित
जताततै फक्रिरहेका गोदावरीको बासनाले
गोधुलीको पहिलो प्रहर हरियो घाँसमा लठ्ठीएको छ

झाडीहरुलाई शान्ति र वैभवले छोपिदिएको छ
र काठका छेकवार र पाकिरहेका अम्बाका रुखहरु
सूर्यास्तको सुन्तला रङ्को चमक र मनोहरताले ढाकिएको छ

हुर्किरहेका मकै र कोदोका बोटहरुले
बाक्लो ज्याकेटलाई चुम्छन्, न्यानो पाइजामालाई अँगालो हाल्छन्
जसै म संघर्ष गर्छु बाटो छिचोल्न, स्वारीले प्रेमपूर्वक अभिवादन गर्छन्

थोप्लाजस्ता गिद्धका आकृतिले निलो आकाशलाई सुसज्जित पार्छन्
जो हावामा उडिरहेछन् अल्छी पाराले । आकाश सफा छ
जून अब उघ्रिदैं छ, फिक्का तर झण्डै गोलाकार भएर ।

अनुवादः केशव सिग्देल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :