नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


काट्जा कुस्ट्रिन (स्लोभेनिया)

आँधी

सेप्टेम्बर महिनाको अन्त्य र हावा । छालहरुको वहाव ।
डुङ्गा, जसलाई तिमी बर्षभरि नै बनाइरहेका थियौ, त्यो त एउटा चित्र जस्तो देखिन्छ ।
समुन्द्री चरोले भर्खर एउटा माछा समातेको छ । सूर्यको उज्यालोले
समुन्द्रलाई रत्नहरुको खानी जस्तो बनाइरहेको छ ।

तिमी एक हातले डुङ्गा खियाउँछौ, र अर्को हातले
विचारमग्न सोचलाई हातको साहारा दिन्छौ
म तिम्रो विपरित बसेको छु, र गहिराइको निलो अवलोकन गरिरहेकी छु
म सतहलाई छोएर गाजजस्तो पदचिन्ह पछाडी छोडिरहेकी छु ।

त्यो पदचिन्ह मेरो पेटमा गरिएको अपरेशनपछिको घाउ जस्तो देखिन्छ
तेत्तिस डिग्री, त्यो तापले मेरो शरिरमा पसिना निकालिदिन्छ
तिमी अझै चालरहित अगाडि हेरिरहेका छौ, मात्र पतवारमा समातेका तिम्रो हात
हल्लिरहेको छ— बायाँबाट दायाँ, दायाँबाट बायाँ...

त्यो गाजको पदचिन्ह छिट्टै हराउने छ, तर मेरो शरिरको दाग
रहिरहनेछ सदाका लागि— मेरो शिशुको मत्युको । मेरो शिशु ।
हो, हाम्रो सम्बन्ध बदलिएको छ । त्यो मरिसकेको छ ।
म अब केही महशुस गर्दिन...तिमी हामीलाई फेरी घर फर्काउँछौ ।

समुन्द्री तट मानिसले भरिभराउ छ, जीवनजनित कोलहालले ढाकिएको छ ।
हामीबीच फर्कनुको पीडा बढीरहेको छ । सायद हामी दुवै चाहान्थ्यौं
खुला समुन्द्रमा गएर आँधीलाई पर्खन
र अन्तत्वा त्यसैमा बगेर समाप्त हुनलाई ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु