नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


खलिल जिब्रान

पीडाका बारेमा

तिम्रो पीडाले त्यो खोललाई भत्काइरहेको छ
जसले तिम्रो बुझाइलाई कैद गरिदिएको छ

किनकी फलको दानालाई पनि टुट्नै पर्छ, र त्यसको ह्रदयले
घाम खेप्नुपर्छ, त्यसैले तिमीले पनि थाहा पाउनु पर्छ पीडा

तिमी आफ्नो ह्रदयलाई तिम्रो दैनिक जीवनका चमत्कार हेर्न खुला राख,
तिमिलाई आफ्ना पीडाहरु खुशीहरु भन्दा कम रोमान्चक लाग्ने छैनन्

र तिमीले आफ्नो ह्रदयको मौसमहरु स्विकार गर्ने छौ, जसरी तिमीले
आफ्ना खेतहरुमा आउने मौसमहरुलाई स्विकार गरेका छौ

र तिम्रो शोकको हिउँदबाट
तिमीले हेर्ने छौ खुशीका साथ

कि धेरैजसो पीडाहरु तिम्रो आफ्नै रोजाइ हुन्

त्यो तितो भाग हो जसका माध्यमले तिमी भित्रको चिकित्सकले
तिम्रो बिरामी स्वलाई निको पार्नेछ

त्यसर्थ चिकित्सकलाई विश्वास गर, र उनका औषधीहरु
सेवन गर शान्त धिरताका साथ

किनकी उसको हात गह्रौ र कडा भए पनि, अप्रकट स्वरुपका
कोमल हातहरुले निर्देशित छन्

उनले ल्याउने कपहरुले तिम्रो ओंठहरु पोल्न सक्छन्
तर तिनीहरु कुमालेका पवित्र आसुँले मुछिएर बनेका हुन् ।

(अङ्ग्रेजीबाट अनुवादः केशव सिग्देल)







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु