कविता:

महेश पौड्याल
अन्तिम गीत
पीरहरूलाई गीत बनाएर गाएको धेरै भयो ।अब, एउटै मुच्र्छना बाँकी छ
इन्द्रेणीहरूको तारबाट तरङ्गित हुने
एउटै ब्रह्मनाद बाँकी छ,
बाँकी छ, घुमिरहेको विश्वको नादसँग
एकाकार हुन तयार
मेरो साँसको अन्तिम श्रुतिको प्रस्फुटन।
त्यसपछि म आफैँ एउटा गीत बन्नेछु,
र हराउनेछु, विश्वगङ्गाको कुनै आदिम सुसाइभित्र ।