कविता:

महेश पौड्याल
उमेर
नदी बगिरह्यो ।
मैले बगरका ढुङ्मा लेखेँ मेरो नाउँ
र दाबी गरेँ मेरो अस्तित्वको ।
आजपनि बगर त्यहीँ छ,
मेरा नाउँपनि छ, किरिङ्मिरिङ्
तर म छैन ।
म त्यही बगरमा फेरि फर्कन पनि नसक्ने गरी
बगिसकेको छु ।
नदी बगिरह्यो ।
मैले बगरका ढुङ्मा लेखेँ मेरो नाउँ
र दाबी गरेँ मेरो अस्तित्वको ।
आजपनि बगर त्यहीँ छ,
मेरा नाउँपनि छ, किरिङ्मिरिङ्
तर म छैन ।
म त्यही बगरमा फेरि फर्कन पनि नसक्ने गरी
बगिसकेको छु ।