नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


मणि लोहनी

सम्झनाको एलबम

१९ वर्षको अन्तिम दिन
तिमी नआत्तिनु आफ्नो यौवनसंग
बरु उघार्नु आफ्ना खुम्च्याईहरु
र नर्थ सीमा तैरिरहेका जहाजहरु हेर्नु
मैले यहाँबाट,
एक जहाज माया पठाएको छु ।
चराको गीतजस्तो यसको कुनै भाषा छैन
दगुरिरहेको बादलजस्तो यसको कुनै दिशा छैन
ओस्लोको कुनै आधुनिक शहरमा बसेर
तिमी
मलाई चिन्न नसक्नुको अर्थमा हैरान हुन सक्छयौ
या, आदीम चर्चको
आठ सय वर्ष पुरानो भित्तामा कोरिएका चित्रजस्ता
देखेर पनि नबुझिने हुन सक्छ –
तिमीलाई मेरो माया ।
त्यतिबेला आफ्नो मनमा निहार्नु
पूर्वेली आइमाईको कत्थकजस्तो समुन्द्री छालहरु
अतृप्त प्रेमीको आँखा झै चञ्चल
तिम्रो आँगनका पत्थर मूर्तिहरु
या अलिपर भेटिने हिउँका शालिक
सबैमा तिमी,
मायाको रंग भेट्नेछौ ।
तिम्रो आँखामा तैरिएको नीलो पानी
या, समुन्द्रको रंग
कञ्चन हिउँले छपक्कै छोपिएको डाली
या, तिम्रो बैश
डाली हल्लाएर फरर.... हिउँ खसाल्दै उड्ने चरा
या, तिमीलाई माया गरेर छोडिहिड्ने त्यो नर्वेजियन केटो
सबैसंग मेरो आत्मियता गाँसिएको छ ।
मलाई केवल सम्झना भए पुग्छ
के, तिमी कल्पना गर्न सक्छ्यौ ?
मेरो देशमा धेरै प्रेम कहानीहरु
सम्झनाको एलबममा सुरक्षित छन् ।






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु