नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


मञ्जुल

गाउँकी राजकुमारी

काला राजकुमार चट्टानहरूको बीचमा च्यापिँदै
बग्छु म
राजकुमारी खोला

उनीहरू मलाई पक्रन वा थुत्र खोज्छन्
तर म बाँध तोडदै
गीत गाउँदै
छलछलाउँदै
अगाडि बढ्छु

रीस उठ्यो भने
कुर्लन्छु बाढी बोकेर
बगाउँछु चट्टानहरूलाई
भत्काउँछु दाया­बायाका अँगालाहरूलाई

तर खुसी भएँ भने बग्छु गीत गाउँदै, गीत सुनाउँदै
आफूले आफ्नै
प्रतिध्वनी सुन्दै

११ फेब्रुवरी १९९६ बुल गाउँ दिउँसो ३:१३ बजे







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु