नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


मञ्जुल

कविलाई जेलमा थुन्ने सरकारको विरुद्धमा छु म

कविलाई जेलमा थुन्ने
कुनै पनि सरकारको विरुद्धमा छु म

कहाँ थुनिन्छ अक्षर जेलको फलामे डण्डीभित्र ?
कहाँ थुनिन्छ विचार जेलको फलामे डण्डीभित्र ?
कसैले अक्षरलाई, विचारलाई
जेलको फलामे डण्डीभित्र थुन्न खोज्छ भने
म त्यसको विरुद्धमा छु

म मात्र होइन
मजस्ताहरू त्यसको विरुद्धमा छन् शदीयौँ­शदीदेखि

कायरहरूले मात्र कविलाई जेलमा थुन्छन्
कविलाई जेलमा थुन्ने
कुनै पनि सरकारको विरुद्धमा छु म
विचारलाई जेलमा थुन्न खोज्ने कुनै पनि सरकारको विरुद्धमा छु म

कविको भाषा अक्षरको भाषा हो
विचारको भाषा हो
कविको भाषा अहिंसाको भाषा हो, प्रेमको भाषा हो

कविले कलम छोडेर तरवार बोक्छ भने
त्यसको बारेमा चाहिँ मेरो भिन्दै धारणा छ

मलाई पनि बोक्न मन लाग्छ तरवार
कलम छोडेर कहिलेकाहीँ
खासगरी जब देश र जनतामा आततायीहरूबाट खतरा आइपर्छ

त्यो बेला म हतियार बोकेको शत्रुसँग
जीवनमा आइपर्ने हरकुनै खतराको सामना गरेर
पूर्ण समर्पणका साथ हतियार उठाउन चाहन्छु
त्यतिबेला म कि मार्न चाहन्छु कि मर्न चाहन्छु

हतियार बोकेको शत्रुसँग हतियार बोकेर लड्न गइसकेपछि
दयाको कुनै पनि भीख माग्न चाहत्रँ म ऊसँग
यस्तो बेला दयाको भीख माग्न
मलाई योद्धाको मनले मात्र होइन कविको मनले पनि मान्दैन

म हरहालतमा आततायी नभएको संसार चाहन्छु

७: ०४ बजे बिहान २४ अक्टोबर २०१०
नर्वेली राजदूतको निवास, ललितपुर







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु