नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


मुकुन्द प्रयास

वृद्धानुभूति

चम्किला रङहरू मिलेर बनेको
प्रकृतिको चित्रलाई
कसले पोतिदियो धुवाँको रङले ?
आजभोली हेर्न अप्ठ्यारो लाग्छ यी आँखाहरूलाई ।

कानभन्दा टाढा भागेर
लुक्दै लुक्दै बजिरहन्छन् सुमधुर धूनहरू ।
साँघुरिदै गएको स्मृतिको भित्तामा
ठोक्किएर आउन खोज्छन्
आफ्ना जस्तै लाग्ने अनुहारहरू ।

खस्रो खस्रो छ स्वाद,
नमिल्दो नमिल्दो छ ओछ्यान,
निक्कै टाढा देखिन्छ
जीवनको भूतपूर्व रङ्गमञ्च ।

गणना गर्न विर्सिए पनि
घट्दै गएको छ
गन्तव्यमा पुग्नुपर्ने पाइलाको संख्या,
अझ कठोर बन्दैछ उकाली ।
सुस्त सुस्त छ सूर्यको गति,
किन श्यामश्वेत सपना मात्र देख्ने गरि
अवेला अवेला निदाउँछ रात ?

विहान सखारै देखि
विना सूचना
सन्तुलन विगारेर हल्लिदै घुम्छ पृथ्वी,
थामिन मुश्किल मुश्किल भएपछि
विसाउनै पर्दोरहेछ शरीर ।

पर्खिरहेछु
अन्तिम सत्यबाट प्राप्त हुने
अन्तिम अनुभूति ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु