नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


नारायण तिवारी

संकेत

मानिसहरू पुरिएका छन्
र मेरो मुटु यसबेला कामिरहेको छ ।

मानिसहरूलाई गिद्ध र स्यालले लुछ्दैछन्
म सुनिरहेको छु
रेडियो खुल्ला छ–
राहतका कार्यहरूमा कुनै कमी भएको छैन

मदर टेरेसा आफ्ना दयाका हातहरू रित्तै लिएर
फर्किन् †
सुनें यो पनि,
उनको कमलो हृदयको राहत चाहिंदैन रे †

मानिसहरू गन्हाइरहेका छन्–
‘प्रकोप’को गन्ध पनि सायद
मीठै मान्नुपर्ने होला † ?
जस्तो कि शनै : शनै : हजम हुने
स्वदेशी– विदेशी चन्दाको स्वाद ††
र यस्तो नोटको बिटो खाले राहत
चाहिन्छ †

सूचना प्रसारण जारि छ–
सहयोगको मुटुले
घाइतेको मुटु छाम्न पाइन्न
माध्यम मार्फत आउनुहोस्

र त्यो माध्यम ‘भोज’ खाइरहेछ ।

एउटा तस्वीर छ–
फाटेको बस्त्र
खुम्चिएको निधार
र फैलिएको हात
जसलाई भनिंदैछ,
तिमी पीडित हुनुको खोइ प्रमाण ?

यस्तैमा मर्दछन् शायद कर्णप्रसादहरू,
के दोष †
मरिचमानहरू सूर्यप्रसादजीको घर खोज्दै
हिंड्दछन् भने...

विजयपुरका थिचिएका मानिसहरूले
उल्टै उद्धारकोषमा चन्दा दिएको खबरले भन्दा
खबरभित्र निहित पीडाले मेरो मुटु
अझ– कामिरहेको छ
कतै अर्को भूकम्पको संकेत नै त हैन त्यो .... ?
डर भोगिरहेछु–
शशंकित,
कति मानिसहरू पुनः पुरिने हुन्
निर्माणकै लागि किन नहोस् तर
कति त घरहरू भत्किने हुन्... †







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :