नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


पिटर सेमोलिक (स्लोभेनिया)

सन्देश

भविष्यको एक दिन
यो पृथ्वी किसानहरुले मात्र भरिनेछ ।
तिनीहरु घोडाका बग्गीमा घुम्नेछन्
र सागशब्जीहरु मत्र खानेछन् ।
जनावरहरु शान्तपूर्वक सेता सडकहरुमा चर्नेछन्
अथवा पोपलार रुखको छायाँमा सुस्ताउनेछन्
र उग्राउनेछन् ।

साँझमा, गाँउलेहरु वरिपरि बस्नेछन्
गहिरो ध्यानमा मग्न भएको
सेतै फूलेको एउटा कलाकारले
अकल्पनी दुरीबाट
एकदम सुन्दर कविता भन्दा पनि सुन्दर चित्रहरु
उनीहरुको चेतनामा पठाउनेछ ।

यो कुनै स्वप्नसंसार होइन
जवान मानिसहरु किमोनो जस्ता देखिने
सेता पहिरन लगाउनेछन् ।
उनीहरु घाँसको मैदानमा बस्नेछन्
र म, अझै पनि प्रेममा लठ्ठीएको अवस्थामा
नजिकैको धनसारबाट आएर
उनीहरुलाई हात हल्लाउने छु ।

त्यसपछि तिनीहरुको मृत्यु
पात वा फूलको मृत्यु भन्दा पनि
झन् बढी शान्त हुनेछ ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु