नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


प्रज्वल अधिकारी

एक सेनाको डायरीबाट !

आमा!
आजभोली मलाई
सिमामा उभिन जान सार्है डर लाग्छ !
जब बन्दुक लिएर सुरक्षार्थ खटिन्छु -
मेरा गोडा थरथर काँप्छन ...
मैले लगाएको सुरक्षा कवचले
मैले खाएको सफथले
छेक्नै सक्दैन, दुश्मनको गोली !
आश्चर्य त -
मेरो बन्दुक मेरो इशारामा होइन
दुश्मनकै हुकुममा चल्न खोज्छ !
आमा!
गोर्खाली कसरी वीर भए मलाई थाह छैन
कसरी लडे तोप विरुद्ध गुलेलीले
त्यो पनि थाह छैन
इतिहासको साहस सुनेकै भरमा
बर्तमानमा जाइलाग्न सकिदो रहेनछ
हिजो सिमा पारिको जवानले
वारि आएर मेरो साथीलाई पिट्यो !
मैले केही गर्न सकिनँ
मेरो बन्दुकको टृगरमा औँला चल्नै मानेन !
आजभोली मसँग आँटनै छैन आमा !
तिमीलाई जोगाउन सक्ने अवस्था नै छैन मसँग
जब दिमाग स्थिर रखेर सहास भर्दछु
तब मेरो बन्दुकको नाल मै तिर फर्किन्छ!
नहार्ने, नझुक्ने, नडराउने भन्ने पाठ त पढेकै हो
तर के गर्नु आमा
हावासँग युद्ध लड्नु आफ्नै मुटु बन्धकी राख्नु रहेछ !
मैले हारे आमा
सकिन तिम्रो अस्मिता जोगाउन
अन्तिम समयमा यत्ती भन्छु-
जब म ढल्नेछु
आफ्नै बन्दुकबाट निस्केको गोलीले
तब,
मेरो रगतले एउटा यस्तो युग जन्माउनेछ
जसले
सफा गर्नेछ खिया लागेको चेतनाको बन्दुक र
तेर्स्याउनेछ ती गद्दार शासकहरुलाई
जो सत्ता लिप्साको राल काडेर बसेका छन !







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :