नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


रोबर्ट फ्रस्ट

नहिँडिएको बाटो

सुकेको जङ्गलबीचबाट बाटो दुईवटा भङ्गालोमा बाँडियो
अफसोच्, मैले दुबै बाटोबाट यात्रा गर्न सकिन
एक्लो यात्री भएर म लामो समय उभिएँ
र एउटा बाटोलाई सकेजति परसम्म हेरें
जहाँबाट त्यो बाटो झाडीतिर मोडियो ।

त्यसपछि मैले दोस्रो बाटो रोजें जो सजिलो देखिन्थ्यो
र सायद त्यसको लागि बढि हकदार पनि थियो
किनकी त्यो घाँसले ढाकिएको थियो र पदचाप चाहान्थ्यो
त्यही बाटो भएर यात्रा गर्नेहरुले
त्यसको स्वरुपलाई त्यसरी नै बिगारेको पनि हुन सक्छ ।

त्यसबिहान दुईवटै बाटोहरु उसरी नै तेर्सिएका थिए
झरेका पातहरु कुल्चिएर मैलो भएका थिएनन्
पहिलो बाटो मैले अर्को दिनका लागि राखेको थिएँ
बाटोले थप अरु बाटोतिर डोर्‍याउँछ भन्ने जान्दा जान्दै पनि
फेरी फर्किनुपर्छ भन्नेमा मलाई सशंय थियो ।

म युगौयुग पछि सम्म पनि
यसलाई सुस्केराले भनिरहेको हुनेछु :
जङ्गलबीचबाट दुईवटा बाटोहरु छुट्टिए
मैले कम यात्रा गरिएको बाटो रोजें
र त्यसले नै खास अर्थ राखेको छ ।

(अङ्ग्रेजीबाट अनुवादः केशव सिग्देल)







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु