नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


सरिता तिवारी

समय आएपछि

समय आएपछि 
मौसमले पनि गाउँछ नयाँ गीत
पातहरूले पनि फेर्छन् चोला

चूपचाप बसिरहेको बादल पनि थाल्छ
अन्धमुश्ली भएर बर्षन

निर्जीव खोलो पनि थाल्छ
जीवनको आलाप बोकेर बग्न

एउटा थोप्लो भन्दा स्यानो 
भ्रुणले पनि गर्छ
कायाकल्प

समय नआउँदै त
पुतली पनि घस्रीरहेकै हुन्छ पातहरूमाथि
छोड्दै घिनलाग्दो चिप्चिपे र्‍याल

समय नआउँदै त 
कहाँ फक्रन्छ र फूल पनि ?
कहाँ झुल्किन्छ र घाम पनि ?

अवश्यै
कठीन हुन्छ समयको प्रसब
तर समय आएपछि 
पहाडहरू लाग्ने छन् मैदान
नदीका उफानहरू लाग्ने छन् छातिका स्पन्दन
आकाशका तारामण्डल लाग्ने छन् करेसाका फूल

समय आएपछि 
ओभाउने छन् निधारका पसिना
शान्त हुने छन् कट्कटाइरहेका बङ्गारा
र बस्ने छ कतै नजाने गरी
विश्रान्तिको सहज निद्रा आँखामा

तर
समय कहाँ आउँछ र यत्तिकै ?
त्यसले माग्छ मेरा आँखा
माग्छ मेरो मुटु
माग्छ पाइताला, पाखुरा र सग्लो विचारयन्त्र

मलाई चाहिएको छ
यी जम्मै कुराको बलिदानमा
एउटा सुन्दर समय !







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु