नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


शीमा कलबासी

पहिलो पाठ – बिरामीको मृत्यु भयो

आज बिहानको राउन्डमा
अर्को एउटा बिरामीको मृत्यु भयो।
ऊ आइपुग्ला भनेर व्याकुलताका पर्खिँरहेको बेला
कुनै रङ्गबिनाको उडानमा
बेडबाट बाहिरिँदै गरेको देखेँ उसलाई मैले,
उसका छेउमा अर्की परी थिइन् ।
सुदूर दृष्यमा रहेको
कथित मृत्युको पुलमा ।

चित्कार मेरो आहत हृदयभित्रै रोयो ।
म र मेरो शरीर शिताङ्ग भएर उभिइरह्यौँ
सेतो युनिफर्म सुषुश्रा सम्झेर रोइरह्यो
ज्योतिविहीन, आवाजविहीन भयो मर्म ।
यावत पढाइहरू, नर्सिङका सम्पूर्ण पाठ ।
मृत्युको अनुग्रह, उड्दै गरेका तरङ्गहरू ।

निराशाले पखालिएर बाहिर निस्किएँ ।
हृदयदेखि नै रोएँ म, तर पहिलो पटक थिएन त्यो रुवाइ
यद्यपि, मृत्युसँगको मेरो भेट भने त्यो नै पहिलो थियो ।

धमिला तर काम्दै गरेका जूनकिरीले भरिएका मेरा आँखाले
दिनभरि आफ्नो अस्तित्वका एकएक तत्वबारे सोचिरहे ।

सुटुक्क आउँछौँ हामी, सुटुक्क जाने गर्छौँ
के मौन छ बाटो? कुनै उत्सुकता छैन?
हामी त विदाइ गर्ने मात्र न हौँ !

(अङ्ग्रेजीबाट सुमन पोखरेलद्वारा अनुदित)

परिचय
शीमा कलबासी इरानको राजधानी तेहरानमा जन्मिएर पाकिस्तान तथा डेनमार्कमा हुर्किएकी कवि, लेखिका तथा फिल्ममेकर हुन् । उनका कविता बीसवटा भाषामा अनुदित भइ विभिन्न स्थानबाट प्रकाशित भएका छन् । विशेषरूपमा महिला, बालबालिका, शरणार्थी तथा युद्दका विषयमा कलम चलाउने कलबासी हाल संयुक्त राज्य अमेरिकामा रहेर कृयाशील छन् ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु