नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


सुरेश हाचेकाली

दिनहरू र बधशाला

दिनहरू भुर्र उडेर
पालैपालो छुन आउँछन्
म दिनहरूलाई छुन्छु, सुम्सुम्याउँछु र मार्छु

दिनहरू मारेको अभियोगमा
टाउकोमा कलङ्कको कपाल फुल्छ
त्यो फुलाइ
बसन्तको तोरीबारीजस्तो पहेंल्पुर हुँदैन
लेकाली चेलीको गुराँसजस्तो राताम्य हुँदैन
बन्दरगाहमा उभिँदा देखिने
लच्छिनैलच्छिनको समुद्रजस्तो नीलाम्य हुँदैन
मानौँ,
त्यो अलच्छिनको सेताम्य फुलाइ हो
जहाँ मृत्युको पुतली लोभिएर आउँछ

जिन्दगीको बधशालामा
मैले आठ हजार भन्दा बढी दिनहरूको हत्या गरिसकें
एक दिन यस्तो दिन आउँछ
हजारौँ हजार दिन मार्नेलाई
एउटै दिनले मारिदिन्छ ।






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु