नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


सुस्मिता नेपाल

आमा

प्रत्येक बिहानीलाई
आमा हँसियाको धारले काट्छिन्
जीवनलाई घाँसको भारीमा
सकी नसकी कस्छिन्
त्यसपछि
गाईवस्तुका भोकमा बिसाउँछिन्

गाई दुहुदा सिर्का–सिर्कामा
छोराछोरीले सेता–सेता दाँत देखाएर
हाँसेका अनुहारहरू देख्छिन्
चुल्होमा आफै बल्दा
थाल, बटुकाहरू टोलाएकोमा छक्क पर्छिन्

दुःखहरू उनको अगाडि आएर
छमछम नाच्छन्
उनी त्यसलाई पनि टुलुटुल हेरिरहन्छिन्
मौन शब्दहरू अविवाहित छोरीको लागि साँच्छिन्

आकाशमा उदाएको चन्द्रमालाई
पोल्टाभित्र लुकाउन चाहन्छिन्
एक्लोपनले हरहराउने
नमिठो भोक मेटाउने खाजाको लागि

परदेश गएको छोरोको सम्झना
हजारौं दिनहरू भएर भाग्छन्
चालीसवर्षे अभावका पाटाहरूमा
आमा प्रत्येकपल्ट आशाका बीउहरू रोप्छिन्

तर खै ती बीउहरू उम्रिनै पाउँदैनन्
उनको छातीभित्र भत्केको बाँध बाँध्न
परदेश गएको छोरो
कहिले फर्कने होला–केही भन्नै सकिदैन







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु