विश्वसाहित्य:
टामी मेलोडी गोमेज
(अमेरिका)
एउटा झण्डा (र अरु दिग्भ्रमित भावनाहरु)को प्रशस्ती (कविता)
(ब्री न्यूसम, मा. चाल्र्स मुर र सबै स्वतन्त्रता संघर्षका योद्धाहरुमा समर्पित)
तिमी जब त्यो ठडिएको खाँबो नजिक पुग्छौ
अलि पर¬¬—
स्कूलको चौरमा,
अदालतमा,
अथवा
गभर्नरको दरबारमा
के तिमी झण्डा फहराउने आँट गर्दैनौ
जुन गलेको छ रगत र भयले
मक्किएर र नैराश्यले
तिमी कहिल्यै यता आउन नखोज्नु
नजिक आउन
त्यो झण्डा लिएर
जबसम्म त्यो कपडाको टुक्राले
त्यसमा प्रतिबिम्बित आदर्शको प्रेरणाले
उज्यालोतिर आफ्नो अनुहार देखाउने छैन
र आफ्नो पाउमा आएको बालकलाई स्विकार गर्न
आमाले घुँडा टेकेर
गर्ने छैनन् सडकमा शान्तिको घोषणा ।
तिम्रो रंगभेदी गार्डले
मलाई त्यसरी असुरक्षित (महशुस) गराउँछ
र मेरो सुरक्षा अनिश्चित पार्छ कि
मलाई लुक्नु परोस् र देखिन मन नलागोस्
त्यसोभए धोऊ त्यो रङ्ग जसमा धब्बा लागेको छ
हामी शोक गर्नेछौं त्यस धब्बाका लागि
जुन मयलजसरी पखालिनेछ ।
यदि तिम्रा ताराहरु, निशान छापहरु,
र धर्साका डिजाइनहरु
निराशापूर्वक भत्किएका हुन् भने
सायद जर्नेलहरुले, योद्धाहरुले,
र दस्तावेजमा हस्ताक्षर गर्नेहरुले समावेश गर्न विर्सिएछन्
“समान”, “सबै जनता”
र “कहिल्यै हुनेछैन युद्ध” भन्ने शब्दहरु
र त्यसै अनुसार बुनियो झण्डाको यो ढाँचा ।
मैले हेर्नुपर्ने अन्तिम वस्तु हो
फरफराइरहेको कुनै चिज
जो गर्धनमा झुण्ड्याइएको छ
जसले हुत्याउँछ मलाई
र तल्लो दर्जाको करार गर्छ ।
त्यस्ता ब्यानरहरुलाई
तलपट्टी बेरेरै राखिएको बेस
र ति परेडहरुलाई
एउटा झलमलाउने दिनका लागि सुरक्षित राखियोस्
जहाँ हामीमाथि वर्षिएको हुने छैन घृणा ।