नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


तीर्थ श्रेष्ठ

हिउँमा लेखिएका नामहरु

हामीले 
लेखेर आएका छौँ
हिउँमा आ-आफ्ना नामहरु

एकछिन पछि हिउँ थपियो भने
रहने छैनन् हाम्रा नामहरु
एकछिन पछि घाम लाग्यो भने पनि
बाँकी रहने छैनन् हाम्रा नामहरु
हामी रहँदा रहँदै
नरहने हाम्रा नामहरु
हामी नरहँदा
कसरी रहलान् हाम्रा नामहरु

हामीले 
लेखेर आएका छौँ
हिउँमा आ-आफ्ना नामहरु ...







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु