विश्वसाहित्य:

क्लारिबेल एलेग्रिया
(निकारागुवा)
मलाई पातको स्पर्श मन पर्छ (कविता)
पुस्तकहरु
म्यागेजिनहरु
र पत्रिकाहरु भन्दा बढि
चलमलाइरहने ओंठहरु
दोहोरिरहने पुस्तकहरु
म्यागेजिनहरु
प्रकोपहरुभन्दा बढी
मलाई पातको स्पर्श मन पर्छ
पातहरुले अनुहार छोप्न
र तिनिहरुको ताजगी अनुभूत गर्न
र संसार हेर्न
तिनीहरुबाट छानिएर आउने उज्यालोले
तिनिहरुको हरियोपनाले
र आफ्नो मौनता सुन्न
जब त्यो वयस्क हुन्छ
र मेरो ओंठमा तरङ्गित हुन्छ
मेरो जिब्रोमा आएर टुक्रा भइदिन्छ,
र पृथ्वीलाई श्रवण गर्न
श्वास फेरिरहेको हुन्छ ।
पृथ्वी मेरो शरिर हो
र म आफैं शरिर हो
पृथ्वीको ।
