विश्वसाहित्य:

फ्रान्सिस्को ब्राइन्स
(स्पेन)
विदाई (कविता)
बुढेसकाल, त्यो पहिल्यै खडा छ, यतैकतै कुनोमा
पातविहिन एउटा रुखजस्तो । त्यसलाई पक्रौं
केही क्षणका लागि, यहाँ यो आकाशमुनि
जसले खजुरका रुखहरुलाई सुनौलो पर्दा दिने गर्छ
र तिम्रो हातलाई मेरो काँधमा राखिदिन्छ ।
हामी उज्यालोको श्वास लिऔं जसले दूरीहरुलाई
अध्याँरो र लामो पारिदिन्छः एउटा छल
जुन ईश्वरको दया हो । उसले तिम्रो जीवनको
कठिन विदाईलाई सुनौलो लेप दिन्छ ।
तिमीले फर्कनुपर्छ, र फेरी तिमीले
यो प्रेम गरिराखेको संसारमा आफ्नो बाटो तय गर्नु पर्नेछ
मेरो प्रेम र मेरो मौनता तिमीसँगै जानेछ ।
तर अझै यसले रात्रीको प्रतिक्षा गर्छस्
जब पहिलो तारा माथि देखापर्छ
हामीले विदाई अभिवादन गर्नेछौं, र, म जानेछु, एक्लै ।
