विश्वसाहित्य:

लुइज ग्लुक
डुबेका बालबालिका (कविता)
हेर्नुस् — यिनीहरूमाथि निसाफ भएन
त्यसैले, स्वाभविक हो, यिनीहरू डुब्छन् नै ।
पहिले, बरफले खान्छ
अनि, शिशिरभरि, उनीहरूका ऊनका स्कार्फ
डुब्दैगरेका उनीहरूकै पछिल्तिर तैरिन्छन्,
तबसम्म, जब अन्त्यमा उनीहरू शान्त हुन्छन्
र तलाउले उनीहरूलाई
आफ्ना बहुल र काला पाखुराले माथि उतार्दिन्छ ।
तर मृत्यु उनीहरूसम्म फरक शैलीमा आउनुपर्ने हो
सुरुवातको यति निकट
कि लागोस्, उनीहरू सधैँ दृष्टिविहीन र वजनविहीन थिए ।
त्यसैले, अन्य कुरा त सपना हुन् —
बत्ती, टेबलमाथि बिछ्याइएको सफा, सेतो लुगा,
उनका शरीर ।
तर पनि, प्रयोग गर्ने गरेका नाम उनीहरू सुन्छन् ।
तलाउमाथि चिप्लिरहेको मत्स्य–चारोजस्तै
के पर्खंदैछौ तिमी?
घर आऊ, घर आऊ
नीलो र स्थायी दहमा हराएकाहरू...
