विश्वसाहित्य:

सिमस हिनी
खुला द्वार र अँध्यारो घर (कविता)
द्वार खुला थियो; घर अँध्यारो
त्यहीँबाट मैले उनको नाम बोलाएँ, यद्यपि मलाई थाहा थियो
त्यस बेला उनको उत्तर फगत त्यस्तै निशब्दता हुने छ
जुसले मलाई कुनै बेला, पछाडि, तल र सडकतिर बढ्दै जाँदा,
अवाक उभिन बाध्य गराएको थियो
मैले त्यहाँ प्रवेश गर्दा (अहिले सम्झँदा)
सडकका सबै बत्ती निभेका थिए ।
त्यहाँ, त्यस बेला पहिलोपल्ट आफैँलाई
एक अपरिचतिजस्तो पाएको थिएँ मैले,
करिब करिब एक घुसपेठीजस्तो
जो त्यहाँ कुनै खतरा छैन भन्ने थाहा पाएरै पनि
एक उडान भर्न चाहन्छ
त्यहाँ केवल वापसीको आग्रह थियो, एउटा अनिच्छित उपस्थितबाट
रिक्तता थियो, मध्यरातको ह्याङ्गरको जस्तो
अथवा गृष्मको उत्तरार्धतिरको
घाँसले भरिएको विमानस्थलको जस्तो ।
(नोबेल पुरस्कार विजेता आइरिस कवि)
