नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

पुस्तक - समीक्षा:


ठाकुर बेलवासे

यात्रा र घुम्तीहरू

अमर शाह तीसको दशकका कवि लेखक । साहित्यिक बजारबाट झन्डै तीन दशक गुमनाम पछि फेरि फर्किएका छन् । व्यवसायी जीवनले उनलाई कतै अल्झायो । साहित्यिक तृसनाले मन सुख्खा भए पनि व्यवसायीक घुम्तीहरूमा उनी अलमलिए । फेरि पनि गुनासो केही छैन्, उनमा । साहित्यबाट टाढिएका तिन दशकले उधुमै खुसी नदिए पनि दुख नदिएको अनुभव उनीसँग छ । मनको कतै गहिर्याइमा तिन दशकमा केही चिज गरेमेको झिनो पीडा भने उनले आज पनि अनुभव गरेको पुष्टि यात्रा र घुम्तीहरू कविता सङ्ग्रह भित्रको उनैको भूमिकाले गर्दछ । 

कथा र कवितालाई सिर्जनाको मुल विद्या बनाएका अमरका आदियुग कथासङ्ग्रह २०४५ , कुरुक्षेत्र कथासङ्ग्रह २०७१ र यात्रा र घुम्तीहरू कवितासङ्ग्रह २०७२ जस्ता कृतिहरू प्रकाशित रहेका छन् । 

पश्चिम नेपालको सल्यानमा जन्मिएका अमरका सिर्जनामा गाउँबेसीका कथा व्यथा समेटिएका हुन्छन् । उनले गाउँका कुरा साहित्यमा उठान गरे ता पनि गाउँको सपाट तस्वीर भने देखिदैन । 

उनको पछिल्लो कविता कृति यात्रा र घुम्तीहरू औसत नेपाली मान्छेहरका कथा उनीएको कृति हो । कवि शाहले राज्यबाट प्रताडाना खेप्दै गरेका नागरिकका आवाजलाई कवितामा पोखेका छन् । 

हप्तौँसम्म घाम नउदाँउदा
यसपटक पनि थुरथुर काप्यो ननकौ धोवी
..................
चिसोले छेड्यो फुसका छानाहरू 
र सजिलै पार गर्यो
........
हप्तौँसम्म घाम नउदाँउदा 
शीतलहरमा 
यसपटक फेरि काम्यो 
बर्षौँदेखि कापिरहेको मधेस 
(शीतलहर)

कवि शाह कविताको पलट खोज्न समाज र मान्छे भन्दा पर जाँदैनन् । मान्छेका जीवन भोगाइलाई नै उनले काव्यिक सौन्दर्यताले सजाउन खोजेका छन् । 

पार गरिसकेको लामो उकालोसंग 
अझै काट्न बाँकी केही घुम्तीहरू दाँज्दै 
थप हिम्मत जुटाइरहेको 
बिसौनीमा भारी बिसाएको भरियाजस्तै 
सम्झिरहेछु विगत । 
(जीवनको उत्तराद्र्धमा)

एक जना कविमा संवेदनशील मन , कोमल भावनाहरू र पीडालाई महसुस गर्ने भिन्न चेतना भयो भने उसले राम्रा कविता लेख्न सक्छ भन्ने गरिन्छ । अमर शाहसँग यी तिनवटै कुरा भइकन पनि कवितालाई भिन्ने वान्की दिन सक्ने छुट्टै शिल्प पनि छ । 

रोटी बाँडेर खायौँ 
बिछ्यौना बाँडेर सुत्यौँ
हुर्कियौँ माया बाँडेर अफन्तको 
र , यसरी 
सँगसँगै खुसी भयौँ  हामी धेरै पटक 
र दुखी पनि भयौँ धेरै पटक सँगसँगै । 
(भाइको मृत्युमा)

शाहको यस कृतिमा   चार दशकको अवधिमा लेखिएका कविताहरू पढ्न पाइन्छ । झण्डै चार दशक अघिको जवान कविले सोच्ने कुरा र जीवनको उत्तराद्र्ध तर्फ जाँदै गरेको कविका भावनाहरू एउटै पुस्तकमा पड्न पाउदा पाठकलाई भिन्न किसिमको रामाइलो दिन्छ यो पुस्तकले । 

गतिशील गाडीको चक्काझैँ
तिन सय पैसट्ठी दिनहरूका खुड्किलाहरू 
चढ्दै जान्छौँ हामी 
र , रिवान्ड थिचेको टेपझैँ
बजाउँछौँ आँखामा गीत । 
(नयाँ वर्ष )

२०३३ सालको बैशाखमा लेखिएको यो कवितामा कवि शाहको चिन्तन ऊर्जा अलि भिन्न  देखिन्छ । 

आवश्यकताले लखेटेर कुद्यो 
वा , चाहनाहरूले चिमोटेर कुद्यो 
तर , कुदिरह्यो सपनाहरू पछ्याउँदै 
निरन्तर कुदिरह्यो 
(मध्यम वर्ग ) 

२०७१ फागुनमा लेखिएको यो कवितामा शाहको जीवनको सङ्घर्षको चरम अनुभूति भेटन सकिन्छ । एउटा सामान्य मान्छेले जीवनलाई सपनाको आहारा देखाएर कुदाइरहेको अनुभवजन्य विषयलाई उनले कवितामा उत्खनन गरे । 

समग्रहमा कवि अमर शाह कवितामा निरन्तर मानव जीवनका अनेक आयामलाई पछ्याउदै आएका छन् । उनले कविता साहित्यसँग बीचमा टुटेको समयम अनेक कुरा अनुभव गरे होलान ती कुरालाई पनि उनले मान जीवन र परिवेशसँग तुलना गरेर कवितामा पोखिएका छन भन्न सकिन्छ । 

उनका कविता छोटा छन् ।  सरल छन् ।सरल भइकन पनि कुनै कथा पढेको जस्तो भने छैनन् । यसकारण पनि शाहका कविता  पढ्न मन र मस्तिष्क दुवैलाई सक्रिय बनाउनु पर्ने हुन्छ । 







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :