नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

यस अङ्कका चित्रकार - सागर मानन्धर:

एक नेपाली चित्रकार र शिक्षाविद् सागर मानन्धर

उनको जन्म सन् १९८५ मा काठमाडौँमा भएको हो । उनले बनारस हिन्दू विश्वविद्यालय (बीएचयू), वाराणसीबाट चित्रकलामा स्नातक र स्नातकोत्तर गरेका हुन् र दुवै डिग्रीमा स्वर्ण पदक प्राप्त गरेका छन् । हाल उनी काठमाडौँ विश्वविद्यालय, कला विद्यालयको कला र डिजाइन विभागमा सहायक प्राध्यापकको रूपमा सेवारत छन् ।

उनी विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यशालाहरूमा सहभागी भएका छन्, जसमा इन्डोनेसियाको ’योग्याकार्ता कार्यशाला’, चीनको साङ्घाई अन्तर्राष्ट्रिय कार्यशाला र नेपालको ’इन्स्पिरेसन मनास्लु’ कार्यशाला प्रमुख छन् ।

उनको नाममा नेपाल र विदेशमा १७ वटा एकल प्रदर्शनी तथा अनेकौं सामूहिक प्रदर्शनीहरू सम्पन्न भइसकेका छन्। साथै उनले गोवा, भारतमा भएको एक कलाकार आवासीय कार्यक्रममा पनि भाग लिएका थिए ।

उनले विभिन्न विषयवस्तुमा मिश्रित माध्यमको प्रयोग गर्दै श्रृंखलाबद्ध चित्रहरू सिर्जना गर्नमा गहिरो रुचि राख्दछन्। सागर मानन्धर हाल काठमाडौँ, नेपालमा बस्दै आफ्नो कलात्मक यात्रा निरन्तर अगाडि बढाइरहेका छन् ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी

सामाजिक सञ्जाल :