नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


काउ होङ पो

आँसु रोप्ने बालक (कविता)

जियाङ चुआन उपनामअन्तर्गत पनि लेख्ने, गाओ होङ्बो एक कवि र बाल साहित्यका लेखक हुन् । आफ्नो लेखनको अतिरिक्त उहाँले चिनियाँ लेखक र कविता पत्रिकाहरूसहित धेरै साहित्यिक प्रकाशनहरूको सम्पादक वा प्रमुख सम्पादकको रूपमा सेवा गर्नुभएको छ। सन् १९७१ मा लेख्न थालेदेखि उहाँले बाल कविताका एक दर्जनभन्दा बढी सङ्ग्रह, तीसभन्दा बढी निबन्ध सङ्ग्रह र आलोचनाका चार खण्डहरू प्रकाशित गरिसक्नुभएको छ । उहाँ बाल साहित्यका लागि धेरै घरेलु पुरस्कारहरू, साथै राष्ट्रिय पुस्तक पुरस्कार, बिंग जिन पुरस्कार, र चाइना चिल्ड्रेन्स प्रेस "गोल्डेन लेखक" पुरस्कार प्राप्तकर्ता हुनुहुन्छ।

म आमाको हातमा आँसु रोप्छु
र उहाँको हातहरूबाट
बिरुवाझैं उम्रिन्छन् चिडियाखानाको टिकट
र त म अहिले बाँदरहरूसँग गफ लगाइरहेको छु
र खैरा भालुहरूलाई अभिवादन गरिरहेछु ।

म आँसु रोप्छु
हजुरबुवाको दाह्रीमा
र उहाँको दाह्रीबाट
उम्रिन्छ एउटा बरको रुख
र त म अहिले भारद्ववाज र सारिका चराहरूको
गीत र चिरविर आवाज सुनिरहेछु

म आँसु रोप्छु
बाबाको टेबुलमा,
र उहाँको टेबुलबाट
निस्कन्छन् कमिक्सका पुस्तकहरू
र त म अहिले ग्रिसेली मिथकको साइक्लपसँग लडिरहेछु
र बाबासँगै धनको टापु खोजिरहेछु ।

मलाई लाग्छ
म बादल हुँ
जसले आँसु बर्साउँछ ।
साँच्चै, कसैले थाहा पाउन्न
जब म रोइरहेकी हुन्छु
म मनमनै सुटुक्क मुस्कुराउँछु ।

अनुवादः केशव सिग्देल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी

सामाजिक सञ्जाल :