नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

अन्तर्वार्ता:


मोमिला

परम्परालाई सचेत प्रश्न गर्नासाथ त्यो उत्तरआधुनिक हुन्छ।

अन्तर्वार्ता / मोमिला

हजार सपनाहरूको माया लागेर आउंछ
बांच्ने रहरजस्तो फेरि भएर आउंछ

-इश्वर वल्लभ

कवि इश्वरवल्लभको अन्तर्वार्ता लिन्छु भन्दाभन्दै आफ्नै हातबाट चिप्लंदै गएको समय सीमान्तमा कैद गर्दै छौं आजको यो सांझ ।
मेरो शब्दबिम्बमा सदा कविताको बोधिवृक्षमुनि समाधिस्थ वस्तुता, सम्पूर्णताका अग्रगामी जीवनधुन, आफ्नै परम्परासंग सचेत प्रश्नहरूको पहाडबिम्ब कवि इश्वरवल्लभको कवितामय संसारमा तपाईं देवताको प्रेमनिवेदन सुन्न सक्नुहुनेछ र हृदयभरि रहस्यमय जीवनगीत बजिरहनेछ ।

समय : सांझ

नमस्कार दाइ !
नमस्कार !
मैले नगरेको गल्तीको माफ गर्नुस् है !
जामले गर्दा चार मिनेट ढिलो भएं ।

कवयित्री गीता कार्की, इश्वर दाइ र म एउटै टेबुललाई केन्द्र बनाएर बसेका छौं


कवि इश्वरवल्लभ

दाइलाई यो सांझ कस्तो लागिरहेछ?
कुराकानीको समायोजनको यो अनुष्ठान राम्रो लागिरहेछ ।

जीवनको यो मोडमा आइपुग्दा तपाईं आफ्नो जिन्दगीलाई आफ्नै जिन्दगीको सापेक्षतामा कसरी हेरिरहनुभएको छ ?
अहिलेबाट अहिले वर्तमानलाई हेर्दा समकालिक यो जिन्दगी छ नि, त्यो एक किसिमको अध्ययनको विषय नै भएको छ । तात्कालिक केही भन्न एकदम गाह्रो हुन्छ । सायद अरूले भन्छन् भने मलाई थाहा छैन । तर मैले आफूलाई भित्र हेर्नै पर्छ, घोरिनु नै पर्छ ।

त्यसो हो भने यो जिन्दगीसम्म आइपुग्दा आफ्नो विगतको चाहिं कसरी मूल्याङ्कन गर्नुहुन्छ त ?
मेरा ती बितेका पाइलाहरू जुन रूपले यहांसम्म र्सर्दै आएं, मेरो उमेरको सापेक्षमा, त्यही उमेरसापेक्षति अरू बाहिरी जगत्को सापेक्षमा अलि दार्शनिक रूपले भन्ने हो भने यो जिन्दगी एक किसिमको रहस्य-रहस्यजस्तो पनि लाग्छ; होइन, यसलाई अभावुक भएर भावनाहीन भएर छामेर हेर्दा वास्तविकताका रूपमा भन्ने हो भने सापेक्षकि रूपमा यो जगत्संगै गांसिएको यथार्थ वस्तुगत लाग्छ । कुनै त्यस्तो विशेषण दिनपर्छजस्तो मलाई लाग्दैन ।

दाइले कविता लेख्दा रहस्य वा वस्तु केलाई समाउनुहुन्छ ?
होइन, लेखनमा त आग्रह पो गरेका छौं । आग्रह भनेको जीवनसित आग्रह । कहिले-कहिले लेख्दाखेरि अलिकति पहिले नै तिमीहरू के लेख्छौ - भन्दा जीवन लाई लेख्छौं भनेर भन्यौं । त्यो बेलामा सोझै अर्थ लगाएर भन्दा जीवन भन्यौं र जीवन त्यो तपाईं बुझनेले पनि जीवन बुझयो, म भन्नेले पनि जीवन त भनें तर सांच्चै नै त्यसलाई हृदयङ्गम गर्ने हो भने सुन्नेले पनि एउटा ठूलो आकाशतिर जानुपर्छ, भन्नेले पनि ठूलो एउटा क्षितिजतिर जानैपर्छ । शब्द पो जीवन भयो त । दुवैतिर त्यसको गहिराइ, त्यसको विशालताको व्याख्या गर्न अर्कै समय चाहिन्छ ।

तपाईं तेस्रो आयाम का एक सारथि । जीवनलाई बुझने सांचो तेस्रो आयाम अर्थात् गहिराइ लाई तेस्रो आयामका सर्न्दर्भमा प्रस्तुत गर्न सक्नुभयो त ?
मैले अहिलेसम्म सकेको छैन । हामीले यस्तो गर्ने भनेर आदर्श राख्यौं, अर्थात् जीवनलाई सम्पूर्ण गर्नुपर्छ भन्यौं त कहिले जीवनलाई जस्तो छ त्यस्तै लिनुपर्छ भन्यौं, कहिले मानसिक परिप्रेक्ष्यको सापेक्षमा हेर्नुपर्छ पनि भन्यौं । त्यो भन्ने क्रममा आयामदेखि यहांसम्म आइपुग्दा अघि भनेजस्तो त्यो रहस्य त हुदै हो, त्यसलाई व्याख्या गर्न त सकिंदैन तर व्यावहारिक रूपमा आदर्श चाहिं उभ्याउंदाखेरि हामीले के भन्यौं भने जिन्दगीको सम्पूर्णता हुनुपर्छ है । एकाङ्गी होइन जिन्दगी भनेर भन्यौं । सम्पूर्णता निर्माण गर्ने क्रममा जतिसक्दो हामीले गर्यौं तर अहिले आएर त्यो कुरा पूर्ण भयोजस्तो लाग्दैन ।

त्यसो हो भने कतै तपाईं पनि इन्द्रबहादुर राईजस्तै लीला तिरै लाग्नुभएको त होइन ?
लीला मेरा लागि एउटा समस्या भएको छ । इन्द्रबहादुर राईले कुन्नि के सोचेर लीला भन्नुभयो, त्यसलाई रूपरेखामा लेख्नु पनि भयो । एउटा विचारका रूपमा अभ्रि्राय प्रस्तुत गर्दै आउनुभएको छ । मलाई भने के समस्या पर्यो भने उहां कुन चिन्तनको अवधारणामा लीला भनेर अघिल्तिर बढ्दै हुनुहुन्छ, त्यस सम्बन्धमा मेरो राम्रो संवाद भइसकेको छैन । तर लीला को वास्तविक सिद्धान्त म कहिले-कहिले प्राविधिक रूपमा सोच्छु कि यो पूर्वीय लीला हो या पश्चिमी लीला हो । पश्चिमतिर त लीला लाई लीला नभनीकन इल्युजन अर्थात् भ्रम पनि भन्छन् । हाम्रो पूर्वमा त्यो भ्रम होइन । त्यसमा त विचित्रताहरू हुन्छन् । इन्द्रबहादुर राईले त भगवान् श्रीकृष्णको उदाहरण पनि दिनुहुन्छ । कंसको सभामा जांदा कृष्णलाई बलियो मान्छेले पहलमान देख्यो, आमाहरूले देख्दा वात्सल्यपूर्ण सुन्दर सुकुमार देखे । यसरी अन्य त्यस्तैहरूले सापेक्षकि रूपमा कृष्णलाई देखे । त्यो लीलात्मकता हो भनेर उहांले व्याख्या गर्नुभयो तर जहांसम्म साहित्यिक चिन्तनको हिसाब छ, मैले त त्यतातिर सोचेको छैन । लीलाकै कुरा गर्ने हो भने त महाभारत, रामायणलाई जित्नै सक्तिनं । त्यहांबाट छुट्टयाएर मैले भिन्न मेरो सोचको लीला बाहिर ल्याउनुपर्यो; त्यतातिर लाग्न मलाई गाह्रै पर्छ । त्यतातिर म सोच्दिनं पनि, जांदिनं पनि ।

त्यसो हो भने जिन्दगीलाई सम्पूर्णमा व्यक्त गर्न नसक्नुलाई कुन नाम दिनुहुन्छ त ?
जिन्दगीलाई ज्यादाभन्दा ज्यादा त व्यक्त गरिरहेछु । जिन्दगीमा त्यो गर्छुभनेर आदर्श सोच्यो भने त्यो हुदैन होला तर जब तपाईं सोच्नुहुन्छ, तपाईं त्यहां प्रतिबद्ध हुनुहुन्छ; ज्यादाभन्दा ज्यादा तपाईं त्यसलाई अनुभूत गरेर तपाईं अभिव्यक्त गरिहाल्नुहुन्छ र अभिव्यक्तिको निरन्तरतामा त्यसको प्रतिशत बढ्न थाल्छ । जति प्रतिशत बढयो, त्यति नै पूर्णतातिर अघि बढ्छ ।

तपाईंको विचारमा पूर्णता कहिले होला त ?
अहिले हुदैन, छिटो हुदैन, त्यो धेरै पर छ तर अघिल्तिर बढ्दा म एकबाट अघि बढेर दुइमा पुगें भने दुइसम्म त बढयो नि । एउटा रेखीय हिसाबले तीनमा पुग्दा दुइदेखि अगाडि नै बढेको हुन्छ । यदि त्यो तीनलाई पूर्ण मान्नुभयो भने मान्नुभयो तर नमान्नुभयो भने त्यसपछि अनन्त छ भनेर मान्नुस् । यसैले अघिल्तिर त सरेकै हो । सायद, मेरा कविताहरू, सायद मेरा चिन्तनहरू, सायद मेरा मात्र होइनन्; अरूका पनि त्यही नै हुन् एक " दुइ " तीन अर्थात् यात्राहरू आदर्शतिर अगाडि बढ्दछन् ।

सापेक्षकि बढाइ त छ, यसको अर्थ अन्त चाहिं छैन होइन त दाइ ?
अनन्त छ । अनन्तको अन्त कसरी होला र ।

तपाईं गद्यमा त्यत्तिकै सशक्त हुनुहुन्छ । कथा पनि लेख्नुभएको छ र निबन्ध पनि लेख्नुभएको छ । यहांले सबैभन्दा सन्तुष्टि कुन विधामा पाउनुभएको छ ?
सन्तुष्टि त कहीं पनि छैन । सायद, मलाई सन्तुष्टि अझै मिलेको छैन, सन्तुष्ट त हुंदिनं पनि होला । किनभने यो क्रमले सन्तुष्ट हुनुको कुनै अर्थ नै छैन । फेरि, कविता लेख्नु भनेको, कथा लेख्नु भनेको ध्यान गर्नु पनि होइन । ध्यानमा सन्तुष्टि देख्छु म यद्यपि ध्यान गर्ने मान्छेमा सन्तुष्टि आयो कि आएन, मलाई त्यो अनुभव पनि छैन तर मैले कविता लेखेर सन्तुष्ट कहिल्यै पनि भएको छैन, कथा लेखेर सन्तुष्ट कहिल्यै पनि भएको छैन । सायद, लेख्ने क्रम नै त्यस्तो हो कि । सन्तुष्ट नहुंदाखेरि नै लेखिन्छ कि । त्यही रूपले लेखिरहेको छु ।

सन्तुष्टि मिल्दै नमिल्ने हो भने किन लेख्ने त ?
त्यो कस्तो हो भने समुı नै भेटेपछि फेरि के खोज्नु पानी । समुı भेट्ने क्रममा पो छौं त । त्यसो हुनाले नभेटुन्जेल त्यता पुग्नुलाई प्रयत्न गरिरहेछौं । अर्को भाषा छ लेख्न लत लागेपछि लेखिन्छ तर र्सार्थक-अर्सार्थक कुरा होइन यो । त्यो किन लेखिन्छ भन्ने प्रश्नको उत्तर सायद एउटा लेख्ने मान्छेले दिन सक्दैनजस्तो लाग्छ, मलाई ।

जे होस्, सन्तुष्टिको पूर्णविराम खोज्दै हुनुहुन्छ ?
सन्तुष्टितिर अग्रसर हुदै छु होला तर पाइन्छ कि पाइंदैन, त्यो भिन्दै कुरा हो तर अघिल्तिर त जांदै छु, कतै जांदै छु यद्यपि सन्तुष्टि नै प्राप्त हुन्छ भन्ने विश्वास त छैन; जान चाहिं जांदै छु ।

यसको अर्थ जीवनलाई सम्पूर्णतामा व्यक्त गर्न सकिएन, होइन त ?
सकिन्न सकिन्न, गाह्रो छ । जीवनलाई सम्पूर्णतामा अथवा कवितालाई सम्पूर्णतामा अथवा कथालाई सम्पूर्णतामा हामी भन्न सक्दैनौं ।

त्यसो हो भने तेस्रो आयामको सम्पूर्णताको सफलता प्रश्न चिन्ह रह्यो ?-
हो, अहिलेसम्म प्रश्न चिन्ह नै रह्यो । अस्ति इन्द्रबहादुर दाइ काठमाडौं आउनुभएको थियो । उहांले लीला को कुरा गर्नुभयो । त्यो बेलामा मैले उहांहरूकै सामुन्ने के भनें भने आयाम लाई हामीले बनाएकै यस बेलासम्म पचास वर्षपुग्न आंटयो, अहिलेसम्म मैले आयामलाई बिट मार्न सकेको छैन । फेरि मैले अर्को नयां सिद्धान्त लिएर हिंडें भने त्यसलाई बिट मार्नु त कहां हो कहां । यथार्थिक रूपमा अब म भ्याउंदिनं । तब बिट मार्नै सक्दिनं भने यो आयामलाई नै पहिले म बिट मारूं; त्यसलाई सकूं; भयो, पुग्यो भनेर भनूं र त्यसपछि उमेरले भ्यायो भने अर्कोतिर हेर्छुत्र म लाग्दिनं ।

बिट मार्ने प्रयास त भइरहेको छ नि । त्यो प्रयासका सर्न्दर्भमा तपाईंको लेखन कतातिर गइरहेको छ नि ?
लेखनको सम्पूर्णता, लेखनको एउटा सबै पक्षबारे म अचेल सोच्दै छु, सोच्न बाध्य भएको छु । कुन रूपले भने पहिला म कविताहरू मात्र लेख्थें, त्यो बेलामा कहिलेकाहीं आफूलाई लाग्थ्यो म कवि भइरहेको छु, साहित्यकार भइरहेको छु जस्तो लाग्थ्यो तर अहिले आएर हेर्छुजेसुकै लेखिराखेको छु, धेरै कुरा लेखिराखेको छु र यी विषयहरूलाई सभा-समारोहमा भनी पनि राखेको छु । यतिखेर मलाई पनि आफूलाई हेर्ने, र्स्पर्श गर्ने एउटा समस्या पो जन्मेको छ । मजस्तो मान्छेलाई त्यस्तो समस्या आइरहन्छजस्तो लाग्छ- म के हुं ? म कवि हुं । कवि मात्र होइन; म कथाकार हुं । कथाकार मात्र हैन; म गीतकार हुं ।गीतकार मात्र पनि होइन तर सबै कुरा मैले लेखेको छु, अन्य गद्य पनि लेख्छु । ती सम्पूर्णमा म के हुं त । अब मैले आंफैंलाई विश्लेषण गर्नुपर्यो र मैले एउटा आफ्नो विशेषण पो खोज्नुपर्यो । मजस्तो मान्छेले आफ्नो विशेषण खोज्नुपर्ने, भनूं उत्तरआधुनिक अवस्था पो आइपर्यो कि जस्तो पो लाग्दै छ ।

त्यसो हो भने तपाईं उत्तरआधुनिकताको बहुलवादमा विश्वास गर्नुहुन्छ ?
त्यो एउटा व्यवहार अर्थात् स्वभावमात्र हो, उत्तरआधुनिकताको । मलाई त उत्तरआधुनिक भन्दा कस्तो लाग्छ भने जुन दिन आधुनिकको आयु सक्यो भनेर कसैले घोषणा गर्छ भने, त्यो उत्तरआधुनिक सोचाइ हो ।

कसैले तोक्दैमा त्यो उत्तरआधुनिक हुन्छ त ?
यदि कसैको सोचले प्रतिनिधित्व बोक्छ भने, त्यो उत्तरआधुनिक भयो । जस्तो डेरिडा, सस्युरदेखि नित्सेसम्म नै किन नहोस् उनीहरू स्वयम् उत्तरआधुनिक थिएनन् तर उत्तरआधुनिक चिन्तनले त्यसलाई समातेर तान्दै छ भने, त्यसलाई यहांसम्म आकषिर्त गरेर आज सोचको एउटा विषय र आधार बनाउंदै छ भने त मैले भनेजस्तै भो नि ।

तपाईंका विचारमा उत्तरआधुनिक धारणाहरू के-के हुन् त ?
परम्परालाई सचेत प्रश्न गर्नासाथ त्यो उत्तरआधुनिक सोच हुन्छ । उत्तरआधुनिक हुनलाई चार सय वर्षचाहिंदैन, तत्काल जुन दिन घोषणा गरेर भन्नुहुन्छ कि मैले यो आधुनिकतापछिको एउटा अर्को चीज गरें, त्यहींबाट उत्तरआधुनिक अवस्था सुरु हुन्छ । त्यो अनुभव म गरिरहेछु । वास्तविकता त्यही हो किनभने उत्तरआधुनिकतामा विनिर्माणको कुरो छ, निर्माणको कुरो छ । त्यो के हो त भन्दाखेरि हामीले अस्ति गरेका संरचनात्मक कामहरूलाई प्रश्न गरेका हौं । किनकि कुनै संरचनामाथि प्रश्न गर्नासाथ असंरचना हुन्छ, विसंरचना हुन्छ । हिजोको जिन्दगीलाई जब व्याख्या गर्न थालिन्छ, त्यो उत्तरआधुनिक सोच हुन्छ अनि अहिलेसम्मको उत्तरआधुनिकको स्वभाव र उत्तरआधुनिकताको व्याख्या त त्यस्तै नै हो ।

यसको अर्थ अस्तिको पृष्ठभूमिसहित सचेतताको प्रारम्भ जहांबाट हुन्छ, त्यो उत्तरआधुनिक सोच हो ?
हो, अस्तिसम्मको चेतना जो तपाईंले अनुभव गर्नुभयो; हृदयङ्गम गर्दै हुनुहुन्छ, त्यो चेतनाभन्दा अझै अर्कै चेतना पनि छ भनेर तपाईंले जोड्नासाथ पछिको आधुनिक स्वाभाविक रूपले उत्तरआधुनिक भइहाल्छ । जब म यी जम्मै मेरा कुराहरू आधुनिक भन्न थाल्छु, जब म यी कुराहरूलाई नयां दृष्टिकोणको भन्न थाल्छु, जब मैले मेरा छिमलसित चालीस-पचास वर्षगरेका कामहरू अलिकति भएन, यसलाई अलिकति थप्दा पनि हुन्छ भन्नासाथ त्यहां अर्को विचार सुरु हुन्छ । त्यो अर्को विचारलाई विशेषण दिने हो भने त्यो अस्तिको-हिजोसम्मको विचारभन्दा त अर्को विचार भयो नि । भन्नुस् त बहिनी । त्यो उत्तरआधुनिक विचार हो कि होइन ।

त्यसो हो भने तपाईं आफ्नो लेखनमा विशेषणको खोजी गर्दै हुनुहुन्छ ?
हो, अघि मैले भनें; विशेषण चाहिन्छ है । यो समयलाई पनि विशेषण चाहिन्छ । जस्तो उत्तरआधुनिक विचार कम्युनिस्टहरू मन पराउंदैनन् किनभने उसको जो एकै ठाउंमा, एउटै पोखरीभित्र बस्ने बानी हुन्छ नि; त्यसमाथि आघात पर्छ, उसको मार्क्स मर्छ, उसको लेनिन हार्छ अनि उसले उत्तरआधुनिकता मन पराउंदैन । जुन दिन लेनिन पनि चेन्ज हुन्छ, मार्क्स पनि चेन्ज हुन्छ उसको विचारमा पनि नयां विचार थप्न सकिन्छ अर्थात् विचार हटाउन सकिन्छ; त्यो पक्षले सोचेको दिन त्यो उत्तरआधुनिक सोच हो, त्यो सायद वास्तविक सोच पनि हो ।

उत्तरआधुनिकताका सर्न्दर्भमा कसको चेतनाको सुरुआतलाई तपाईं उत्तरआधुनिक मान्नुहुन्छ ?
अचेल उत्तरआधुनिक हल्लाहरू नेपालमा पनि खुब आइरहेको छ; त्यो हल्लाभित्र म पनि छु, हामी सबै छौं । कहिलेकाहीं यो उत्तरआधुनिक कहां सुरु भयो भनेर सोच्छु । धेरैले लिन्छन् डेरिडाको नाम । यिनले सबै स्थितिहरूलाई सिद्धान्तीकृत गरेर सम्प्रेषण गरे, एउटा दृष्टि दिए र सबैले सोच्नुपर्ने, चिन्तन गर्नुपर्ने कुराहरू आयो । यथार्थ त पहिलेदेखि नै छंदै थियो तर डेरिडा, सस्युरलगायतका समूहले सिद्धान्तीकृत व्याख्या गर्न थालेपछि डेरिडाको नाम आएको हो । त्यही रूपमा हामी डेरिडालाई मान्छौं, म मान्छु । फेरि चालीस-पचास वर्षहिले हामीले आयाम गर्दा डेरिडा पनि भर्खरर्-भर्खर केही गर्दै थिए । त्यो बेलामा हामीलाई डेरिडा अर्थात् कोही पनि थाहा थिएन । त्यति बेला हामी आयाम मा के भन्थ्यौं भने- "पुरानाहरूको पूर्णविराम लाग्यो; हामी जम्मै नयां वाक्यहरू हौं ।" उत्तरआधुनिक सोच त वहां भइसकेका पो रहेछौं त । त्यसो हुनाले उत्तरआधुनिक सिद्धान्त बनाउनु डेरिडाको विशेषता हो तर उत्तरआधुनिकताको सुरु त पहिले नै भइसकेको थियो र हामीमा पनि भइसकेको थियो ।

नेपाली कवितासाहित्यमा तेस्रो आयाम नै उत्तरआधुनिकताको स्पष्ट सिद्धान्तीकृत प्रारम्भ-विन्दु हो भनेर ठोकुवा गरे हुन्छ ?
त्यसो गर्दा के हुन्छ भने तेस्रो आयामले गरेका यात्राहरू र अभ्रि्राप्तिहरू एउटा खोपामा लगेर हालेजस्तो हुन्छ । हामीलाई उत्तरआधुनिक हुनुपर्ने केही जरुरी छैन । मैले त स्वभाव पो थियो भनेको त । जम्मै आयाम उत्तरआधुनिकले लग्यो भने त त्यो त खोपाभित्र छिर्छ । आयाम आंफैं एउटा विशेषण लिएर अघिल्तिर बढेको छ, उल्लाई उत्तरआधुनिक हुनु केही आवश्यक छैन तर भाषा, विचार र प्रश्नका दृष्टिले उत्तरआधुनिक सोच चाहिं त्यहां पनि थियो ।

निबन्धकार या कवि कुन रूपमा चिनाउंदा आफूलाई खुसी लाग्छ ?
सबै कुरा आवश्यकताले लेखिए पनि मलाई कवि हुनु बढी मन पर्छ । कविता क्षेत्रसंग बढी नजिक हुन खोज्छु कि जस्तो लाग्छ । कविहृदय सबै विधाको पहिलो र्सत पनि हो ।

२०२९ सालको मदन पुरस्कार प्राप्त तपाईंको कविता-कृति आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् शीर्षकले सानोमा म निकै छोइएकी थिएं । कहां फुल्छन् होला आगोका फूलहरू - भन्दै आंफैंलाई प्रश्न सोधेकी थिएं । लाग्छ, त्यतिखेरबाटै मेरो मन-मस्तिष्क कवितामय बनेको थियो र इश्वरवल्लभको आवाजले मलाई कविताको मोह जगाएको थियो । के तपाईं स्वयम्लाई पनि आफ्ना अरू कृतिहरूका तुलनामा त्यो कृतिको शीर्षक साह्रै सुन्दर लाग्दैन ?
लाग्छ, एकदम लाग्छ । झन्नै-झन्नै त्यो शीर्षक प्रकाशकका तर्फबाट एक जना साहित्यकारले छोटो पारिदिन खोज्नुभएकोथियो । "मलाई यही नै मन पर्यो, मेरो आग्रह नै यही शीर्षक हो" भनें, अनुनय नै गरें त्यसपछि त्यो शीर्षक यथावत् बांच्यो । त्यो शीर्षकको सौर्न्दर्य अहिले पनि झन् सम्पूर्ण व्याप्त भएजस्तो लाग्छ । हुन् र होइनन्को ध्वनिले जीवन र जगत्को सम्पूर्ण स्वभावै दिन्छ । यही सोचले जन्माएको हो, त्यो शीर्षक ।

तपाईं साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ ?
पहिले-पहिले त ठूलो-ठूलो अनि भावुक कुराजस्तो गरिन्थ्यो तर अहिले त अभिव्यक्ति नै जस्तो लाग्छ, जहां शब्दबिम्बहरू माध्यम हुन्छन् ।

साहित्य र जीवनको अर्न्तर्सम्बन्धलाई एकै शब्दमा भन्नुपर्दा तपाईं के भन्नुहुन्छ ?
अघिकै शब्द अभिव्यक्ति नै भन्दा हुदैन र ।

अभिव्यक्ति त रङ्ग अनि धुनका माध्यमबाट पनि गरिन्छ नि । तर साहित्यको आफ्नो परिभाषा चाहिएन र ?
साहित्यमा शब्दबिम्बहरू हुन्छन् । यसभन्दा बढी तपाईंलाई व्याख्या गरिरहनुपर्दैनजस्तो लाग्छ ।

यहांले लेखनमा के-कस्ता जोखिमहरू उठाउनुभएको छ ?
तेस्रो आयामका सर्न्दर्भमा धेरै उठाएका छौं । सबैले मानेर आएको छन्द बहिष्कारको जोखिम, वस्तुता खोज्ने क्रममा भाषा भत्काउने जोखिम, विचारको जोखिम जसमा हामीले सम्पूर्ण कवितालाई बिम्ब भन्यौं । त्यति बेला त परम्परामा प्रश्नचिन्ह उठाउंदा हामीलाई भाषा भत्काउने, भांच्ने भनेर आरोप लागेको थियो । तर परम्पराभन्दा अलग सोचेकाले नै आज हामी यहां छौं ।

जोखिम उठाउंदा के-कस्ता अप्ठयाराहरू सहनुपर्यो त ?
एउटा व्यावहारिक उदाहरण दिऊं- त्यसबेला दार्जिलिङमा वैरागी काइंला, इन्द्रबहादुर राई हामीहरू हुंदा एउटा निमन्त्रणापत्र पठायौं । त्यसमा मुन्तिर लेखिएको थियो- "तिमीहरूलाई मन परे आऊ, कुरा सुन्छौ भने आऊ नत्रभने नआए पनि हुन्छ ।" मान्छेहरू आएनन् । डेढ सय दुइ सय आउंथे तर त्यति बेला मात्र दस जना आए तर हामीले मजासंग कविता पनि सुनायौं ।

तेस्रो आयामका त्रिमुर्तिहरू संगै यात्रा गर्नुभयो तर यहांले आफूलाई कुन अर्थमा बेग्लो ठान्नुहुन्छ ?
आयामको आन्दोलनमा हामी एउटै धरातलमा उभिएर पनि अहिले हाम्रो विचार आ-आफ्नै पखेटामा उडेको छ । त्यसैले इन्द्रबहादुर इन्द्रबहादुर नै हो, वैरागी काइंला वैरागी काइंला नै हो र इश्वरवल्लभ इश्वरवल्लभ नै हो ।

लेखकले रचना सिर्जना गरेपछि लेखकको मृत्यु हुन्छ भन्छन् नि ?
बडा भावुक भएर सोच्ने हो भने लेखक आफ्ना कृतिबाट अलग्गिन चाहंदैन अर्थात् कविको मृत्यु स्वीकार हुदैन तर यथार्थिक रूपमा त लेखक कृतिबाट अलग नै हुन्छ अर्थात् लेखक मर्छ । कृति लेख्दाखेरिको लेखक तत्क्षणदेखि बाहेक ऊ कृतिबाट अलग्गिइसकेको हुन्छ । तर लेखकमा कृतिसंग सम्बद्ध नोस्ताल्जिक अनुभूति भने जरुर हुन्छ । यसैले यो अनुभूति नहुने हो भने त लेखक सांच्चै मरेको हो भन्नुपर्ने हुन्छ ।

कृति सिर्जना गरेपछि लेखक वस्तुगत रूपमा कृतिमा हुदैन अर्थात् मर्छ भन्नुभएको हो ?
हो, त्यसैले विषयीगत भएर सोच्ने देकार्तेसंग सधैं हाम्रो वैचारिक झगडा रह्यो । वस्तुतालाई उसले जहिले पनि प्रहार गर्यो । हो, म भएर नै अरू हुन्छ भन्नु सत्य रहे पनि म-तिमी नरहे सापेक्षकि रूपमा पो वस्तु रहन्न तर यथार्थमा म-तिमी नरहे पनि वस्तु त रहन्छ । यसरी हामीले सोचाइको प्रयोगशालामा लगेर यो कुरा भनेका हौं । वास्तवमा उत्तरआधुनिक कुरा वस्तुता नै थियो । अहिले इन्द्रबहादुर राई भन्नुहुन्छ- तिमीले सोचेका थियौ वस्तुता । वस्तुता मेरै शब्द हो ।

स्पष्ट भन्नुपर्दा तेस्रो आयाममा वस्तुता तपाईंको शब्द रहेछ । सम्पूर्णता र चित्र -बिम्ब भने क-कसका हुन् त ?
इन्द्रबहादुर राई झयाप्प समाउने, निक्खर, शुद्ध भन्ने गर्नुहुन्थ्यो, यर्सथमा सम्पूर्णता उहांकै हुनुपर्छ । फेरि वैरागी दाजु बिम्बको कुरा गर्नुहुन्थ्यो, त्यसैले बिम्ब उहांको हो भन्नु पर्छ तर होइन हामी सबैको हो । खै, हामीले शब्द त बांडयौ कि बांडेनौं थाहा भएन ।

मैले सुनेकी थिएं कि तपाईंहरू कृत्रिम विरही बनेर, कोठामा बसेर कविता लेख्नुहुन्थ्यो रे, हो ?
त्यसो त होइन, हामीले त्यसो गरेनौं । जिन्दगीमा मलाई विरह चाहिं पटक्कै लागेन; माया, मोह, स्नेह लाग्यो । हामीले केटीहरू त मन पार्यौं नि त, उनीहरूले मन पारेन पनि हामीलाई । त्यस्ता घटनाहरू त घटे । यो उमेरसम्म इतिहास पर छोडेर आएपछि के-के गर्यो त भन्दा घटनाहरू त हुन्छन् नि । विरह शब्द पो नमिलेको हो कि । फेरि कतिवटा कुरा त गोप्य पनि राख्नु पर्छ नि । कतिवटा कुरा भनेरभन्दा लुकाई राख्दा आनन्द आउंछ ।

यहांको प्रेमजीवन र वैवाहिक जीवनको सम्बन्ध चाहिं के छ ?
यो चिठीहरू छ नि । मैले त लेखेकै छैन भनेको । डर लाग्थ्यो, सत्य ।

सत्य हो ?
घरमा पांच जना नानी भएपछि श्रीमतीलाई म यहां सन्चै छु भनेर त लेखें नि । त्यसलाई प्रेमपत्र मानेर छापे हुन्छ तर खास मेरो जो आदर्शको प्रेमपत्र छ नि । त्यस्तो सायद मैले लेखेको छैनजस्तो लाग्छ ।

आदर्शको प्रेमपत्र कतै कवितामा लेख्नुभएको त होइन ?
कवितामा त्यस्तो रोमान्टिक अनुभूति पोख्याजस्तो त लाग्दैन तर दुइ-चार ठाउं कतै -
दुइटा फूल द्यौरालीमा संगै राखेजस्तो लाग्छ
कतै टाढा जांदाखेरि संगै हिंडेजस्तो लाग्छ

गीत लेख्दाखेरि नि छेउमा त हुदै हुदैन । सांच्चै भयो भने त किन गीत लेखिराख्नुपर्यो नि ।

गीत चाहिं तपाईंको प्रेमपत्र बनेछ क्यारे ?
माथिको गीत त हाम्रो लोककथै त हो नि । इन्द्रबहादुर राईले कठपुतलीको मन कथा लेखेर पुरानो कथालाई नयां बनाउनुभयो । हामी सायद, पुरानै प्रेमलाई नयां प्रेम बनाउंछौं । त्यही नै प्रेम गर्ने तरिका हो कि क्या हो ।
धेरै भइसक्यो जीवनमा पीडा
फेरि आज केको खुसी याद आयो

खै यी भावहरू के हुन् । प्रेम गर्या हो र । मन त पथ्र्यो, सत्य मन पथ्र्यो तर के भनूं, कसो भनूं डर लाग्थ्यो । अस्वीकृतिको डर जहिले पनि लागिराख्थ्यो । सत्य । अरूलाई पनि लाग्छ होला । नाइं भनेपछि म हारेंजस्तोको डर त हुने नै भयो ।

त्यसो त यहांले आफ्नो कविताको संसारमा, गीतको संसारमा, आफ्नो लेखनको संसारमा जहिले पनि आफूलाई जित्ने मान्छेका रूपमा मात्र राख्नुभएको रहेछ नि ?
अर्कालाई हराएर के जित्नु - जित्नुबाहेक अरूलाई हराउनु नै छैन क्या । मेरो जितमा अर्काको हार नै छैन । सत्य भनेको, मैले कसैलाई हराएकै छैन । मसंगै हिंडेकाहरू को-को कता-कता हराए भने त्यो त मैले हराएको होइन नि ।

आफूले हिंडिसकेका बाटाहरू र्फर्केर हेर्दा कति घुमाउरो र अप्ठयारो देख्नुहुन्छ ?
कहिलेकाहीं यसो हेर्छुकस्तो-कस्तो बाटो घुम्दै-फिर्दै यहांसम्म आइपुगें, कति जंघारहरू नाघें । कहिले हेर्दा भ्रमै हो, यहां आइपुग्नु थियो; आइपुगेंजस्तो लाग्छ तर कहिले-कहिले अरूलाई नपरेकाहरू पनि पो परे कि । जस्तो लाग्छ ।

अहिले वर्तमान राजनीतिक अवस्थामा नेपाली साहित्य कसरी हिंडिरहेको छ ?
मलाई अहिले-अचेल विसङ्गतिहरू बढेजस्तो लाग्छ । साहित्य जीवनसितै बस्छ तर यथार्थमा अहिले त्यति सजिलो जिन्दगी छैन नि त । बिहान मान्छे मारिएको समाचार सुन्यो, दिउसो कतै कविता सुनायो । आफ्नै देशमा, आफ्नै परिसरमा दुइटा कतै मान्छे मारिन्छ, कतै दुइटा माला लगाइन्छ । दुइटा मान्छे मर्दा दुइटा माला लगाउन सक्दा रहेछौं हामी । हामी साहित्यकारको स्वरूप त्यस्तो भइरहेछ । यही ठाउंमा शब्दमा होइन यथार्थमै खान नपाएर बसिरहेको छ मान्छे; यही ठाउंमा ठूला-ठूला भाषण गरीकन, ठूला-ठूला सिद्धान्तका कुरा गरेर बसिरहेको छ । यही विरोधभासमा बांचिरहेका छौं, अहिले । यस्तो बेला राजनीतिले साहित्यलाई प्रभाव त पारेकै छ तर पारे पनि मभित्र एउटा प्रश्न जन्मिएको छ कि कवि सांच्चै यो जगत्कै हो कि होइनजस्तो पो लागिरहेछ त ।लेखिएको कविता सांच्चै कविता हो कि होइन । पो भइराखेको छ त, लगाएको माला सांच्चै माला हो कि होइन । लागिरहेछ; उता समाचार त्यस्तो आइरहेछ । यर्सथमा जीवन-जगत्संग साहित्यको सम्बन्ध के त ? आंफैंसित प्रश्न हो, यो । युरोपतिर त पहिलो-दोस्रो विश्वयुद्धको भयङ्कर विसङ्गतिपश्चात् अस्तित्ववादको जन्म भयो, ठूला-ठूला लेखकहरू आए तर यस्तो लक्षण-सङ्केत पनि त यहां छैन । यसरी विसङ्गति नै अघिल्तिर आइरहेको छ ।

तपाईंका विचारमा मृत्युबोधले जिन्दगीलाई कत्तिको अर्थपूर्ण बनाउंछ ?
आफ्नो मृत्युबोध त अर्काको मृत्यु देखेर बुझने हो । सायद, विशेष मृत्युबोध अब हुदैन होला । पहिला त के भन्थें भने- आफ्नो मृत्यु अरूले मर्नै सक्दैन भनेर बडा फिलिसोफाइज गर्थें, अहिले त आफ्नो मृत्यु अरूले मरिराखेको पो देखिरहेको छु त । मेरो मृत्यु पनि सापेक्षकि हो त भनेर प्रश्न पो गरिरहेछु त । फेरि मर्नु दुख्नु त होइन नि । सक्नु पो हो त । त्यसैले मृत्युलाई छुट्टै व्याख्या पो गर्नुपर्छजस्तो छ ।

तपाईंले आफूलाई छुट्टै राखेर दर्शक बनेर आफ्नो मूल्याङ्कन गरिदिनुहोस् न ?
कवि इश्वरवल्लभलाई दर्शक बनेर हेर्दा एउटा सफल मान्छे चाहिं लाग्दैन । एउटा अपूर्ण मान्छे नै अघिल्तिर बढिरहेजस्तो लाग्छ । यद्यपि जसलाई म पूर्ण देख्छु; त्यो पनि सापेक्षकि अपूर्ण हुन सक्छ ।
वास्तवमै कोही पनि स्वयम्मा पूर्ण अनुभव गर्न किन सक्तैन, मान्छे । जिन्दगी यातनागृह त होइन नि । फेरि पनि किन स्वचेतनाका प्रश्नहरूले किचिएको हुन्छ, मान्छे
हुन्छ-हुदैन, हो-होइन अर्थात् हुनु-नहुनुको यी र यस्तै सूक्ष्म दूरीमा जिन्दगी थाती राख्दै गहिरिंदो रातको व्यस्त सडकमा दाइलाई पुर्याएर म र गीता र्फकन्छौं । कसो-कसो दाइको हार्दिकता झङ्कृत भइरह्यो मनभरि







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :