नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


युयान ताजेस
(नेदरल्याण्ड्स)

शब्द (कविता)

शब्द अग्नी हुन्छ, शब्द हिँउ हुन्छ
उनी स्वर्गलाई जलाउँछिन्, नर्कलाई निस्तेज गरिदिन्छिन्
जोर्गे लुइसले यसो भने, दाँतेले त्यसमा सहमती जनाए
हामीलाई यो पहिल्यै थाहा थियो, जुन एकदमै प्रष्ट थियो
तर हामी त्यसलाई अपनाउँदैनौं
किनकी हामी हिम्मत गर्दैनौं
इडनको सर्वनाश र पाप भोग्न
आफूलाई देवता र दैत्यबाट मुक्त गर्न
क्रियापदलाई कोर्राको रूपमा प्रयोग गर्न
सपना र आशाको व्यापार गर्ने
धूर्त ब्यापारीहरुलाई कोर्रा लगाउन
शब्दलाई कलम जसरी प्रयोग गर्न
वायुलाई स्पर्श गर्ने चराको प्वाँखले जसरी
वेदनालाई शान्त पार्न, उदासीबाट मुक्त गर्न
एउटा पंखेँटा जसले दूरीरहित यात्रामा लैजान सक्छ
र हामीलाई जमिनमा अवतरण गराउँछ
एउटा प्वाँख जसले हाम्रो सुरक्षा गर्छ, प्वाँख जसले हामीलाई उठाउँछ ।
शब्द हतियार हो, एउटा मिसाइल हो
शब्द रक्षाकवच र आश्रय हो
जसको आफ्नै अर्थ र आर्जित मूल्य छ
शब्दले हामीलाई मार्गदर्शन गर्छ, शब्दले हामीलाई विचलित पार्छ ।
शब्द एक पहिरन हो
जो झुण्डिएको हुन्छ, जसलाई फेर्न सकिन्छ
जसलाई छनौट गर्न र त्याग्न सकिन्छ ।
शब्दले वस्त्र लगाउँछ र बस्त्र हटाउँछ पनि
यसले हाम्रो पहिचान गर्छ, हामीलाई परिभाषित गर्छ
शब्द अनुहार र मुखुण्डो हो
शब्द परिवर्तन हो
जुन लिइन्छ र दिइन्छ पनि
जसालई त्याग गर्न र आफ्नो बनाउन सकिन्छ
शब्दले विचारको जंगल बनाउँछ
जो नयाँ विचारमा
शंका र निश्चिततामा अंकुरित हुन्छ ।
जब सत्य
हामीलाई स्वतन्त्र बनाउन
पर्याप्त हुँदैन
त्यतिबेला पनि हामीसँग शब्द हुन्छ ।

अनुवादः केशव सिग्देल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी

सामाजिक सञ्जाल :