नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

समालोचना:


डा. मधुसूदन गिरी

'आदियुग’–देखि 'कुरुक्षेत्र'

प्रत्येक कालको मान्छेले आफूले बाँचेको वा नबाँचेको काल, भूगोल र समाजलाई अनेक रड्ड र रेखाहरूले विभाजित गर्दो रहेछ। उसका ती प्रत्येक रेखाभित्र बाँधिएका कालिक वृत्तहरू पनि भूगोलमा कोरिएका रेखाहरूजस्तै कोरीँदा र मेटिदा रहेछन्। यसैले सायद प्रत्येक युगका मान्छेका आआफ्नै आदि, मध्य र विद्यमान सीमारेखाहरू हुँदा रहेछन्। तिनका आदि, मध्य र आधुनिक/नव आधुनिक आआफ्नै द्वन्द्व, अन्तद्र्वन्द्व र सङ्घर्ष, अन्तःसङ्घर्ष अनि तिनको विस्फोटन सिर्जित कुरुक्षेत्र हुँदा रहेछन्, सायद पदार्थका अन्तःसंरचनामा निहित अन्तर्धर्म इलेक्ट्रोन र प्रोटोनका क्रिया र प्रतिक्रियाकै परिणाम।

त्यसो त कुरुक्षेत्रका रूप, स्वरूप र परिभाषा पनि फरकफरक हुन सक्छन्। ती जे भए पनि कुरुक्षेत्र कुरुक्षेत्र नै हुँदा रहेछन् जहाँ धरती आमा आफ्नै सन्तानको बलि माग्न विवश हुन्छन्, रगत पिउन बाध्य हुन्छन् र रुन्छन् अनगन्ती जन्मदात्री आमाहरू र आँसु बगाउँछन् निकट आफन्तहरू। विजय सत्यकै हुन्छ कि हुन्न भन्न सकिन्न, किनकि मानवसभ्यताका सबै कुरुक्षेत्रहरूमा विजय सत्यकै मात्र भएको छैन, तर इतिहासमा भने जित्नेहरू नै पाण्डव बन्छन्।

प्रमाणतः प्रथम वा दोश्रो महाकुरुक्षेत्र स्वयम् पनि सत्यकै निम्त भएको र सत्कर्म नै भएको अनि तिनमा सत्यकै विजय भएको थियो कि थिएन भन्न सकिन्न। एउटै सत्य के रहेछ भने जित्नेहरूले आफ्नो इतिहास सुनौला अक्षमा लेखाउँदा रहेछन्, देखाउँदा रहेछन् र धरतीमा पाण्डव बनेर राज चलाउँदा रहेछन्।

हाम्रा पनि इतिहासव्यापी थुप्रै कुरुक्षेत्रहरू छन्, घाउहरू छन्, अरूका निमित्त लागेका घाउहरू र आफ्ना निमित्त स्वीकार गरेका घाउहरू। दोश्रो विश्वयुद्धले मात्र टण् हजार नेपाली आमाका छोराहरू चपाएको घाउ खाटा परिसकेको छ। तिनै घाउहरूमध्येकै एउटा घाउ हो, आजभन्दा झन्डै दुई दशकपूर्व आरम्भ भएको एक दशके घाउ उर्फ़ कुरुक्षेत्र अझै चहर्याउँदै छ, दुख्दै छ, ऐय्या, आत्थु..., हामी...।

भन्न त जुन आगोले पोल्छ त्यै आगोले सेक्छ पनि भन्छन्, तर आज शड्ढा–उपशड्ढाको बादलले डम्म ढाकिरहेछ र लाग्दै छ— सेक्ने होइन, पोल्ने मात्र त हुने हैन? यो उज्यालो कतै अभिशापमा परिणत गरिइने हैन? चहर्याइका आत्थु र शड्ढाका पहाडहरू चुलिँदैचुलिँदै गएका छन्।

तिनै पोलाइ र चहर्याएका ऐय्या र आत्थुहरू कला र साहित्यका बिम्ब बनेर आएका छन्, प्रतीक बनेर प्रतिबिम्बत भएका छन्। चहर्याइका यिनै संवेदनाले आज नेपाली साहित्यमा प्राथमिकताका शीर्षस्थ स्थान बनाएका छन्। ठूलठूला पुरस्कार दिलाएका छन्, चर्चापरिचर्चा र पाठक पाएका छन्। समग्रमा कुरुक्षेत्र नेपाली समाजमा जस्तै यसका प्रतिबिम्बहरूमा पनि प्रत्यक्ष, अप्रत्यक्ष थुप्रैका लागि वरदान सिद्ध भएका छन्।

वि. सं. १९९७, २००७ र २०१७ तिरका हाम्रा सामाजिक बिम्बहरू हेर्न हामी रिमाल, ह्दयचन्द्र, बी. पी., भूपि, विकल आदिमा पुग्छु। यस्ता बिम्बहरू अर्थात् वेदना र इन्द्रयसंवेदनाहरू द्दण्घट का पनि छन्, द्दण्द्धट का पनि छन् र द्दण्छद्द पछिका पनि। तिनलाई हेर्न यति बेलाकै कविता, आख्यान र संस्मरणहरूमा पस्नुपर्छ।

वि. सं. २०३० को दशकको यही लहरमा सल्यान, जाजरकोट, नेपालगन्ज मोफसल हुँदै केन्द्रका रूपरेखा, गरिमा, मधुपर्क आदिमा निकै प्रभावोत्पादक, संवेदनात्मक मूलतः कथा प्रकाशित गरेर पनि कतै कुनै समालोचकका आँखामा नपरेका र त्यस्तैत्यस्तै कारण चर्चापरिचर्चाबाट टाढा रहेका कथाकार तथा कवि अमर शाहको लेखन पनि अन्य थुप्रै स्प्रष्टाहरूजस्तै कविताबाटै सुरु भएको देखिन्छ चार दशकपूर्व। थुप्रै राम्रा र चोटिला कविता लेखे पनि मूलतः कथाकारकै रूपमा परिचित शाहको पहिलो कथासङ्ग्रह आदियुगको प्रकाशन वि. सं. द्दण्द्धछ मा रूपायन प्रकाशनबाट भएको थियो। ज्ञज्ञ वटा कथा सङ्गृहीत प्रस्तुत सङ्ग्रहको नामकरणको आधार बनाइएको प्रतिनिधि कथा 'आदियुग'-मा नेपालको सामन्तवादी युगको चित्रण गरिएको छ। सामन्तवादी नेपाली समाजको सामाजिक संरचना र व्यवस्थाको सजीव बिम्ब प्रस्तुत यस कथामा पझयतकालमा पनि सारतः राणाकालीन सामन्तवादकै सामान्य संशोधनसहितको निरन्तरता भएको तथ्य प्रस्ट पारिएको छ।

प्रस्तुत कथामा पझयतकालमा पनि राणाकालीन समाजकै जिमुवाल अर्थात् जिम्मावाल र मुखियाहरू सभापति, प्रधानपझ् आदिमा रूपान्तरित भएको र तिनैले गाउँदेखि जिल्लासम्मको प्रहरी, प्रशासन आदि सम्पूर्ण संयन्त्रमाथि कब्जा जमाएर शोषण, उत्पीडन गरिरहेको सत्यलाई उजागर गरिएको छ। यस कथाको मुख्य पात्र गोरे निम्नवर्गीय मजदुर हो जसलाई प्रधानले महिनाभरि उसकोमा मजदुरी गरेको ज्याला दिइएको छैन। त्यौहार छ, ज्याला नपाएकाले उसले छोरालाई भोटो किन्न सक्दैन। श्रीमतीलाई धोती किन्न सक्दैन र तिहारलाई दाल, चामल, मसला आदि केही किन्न सक्दैन। श्रीमती कराउन थाल्छे, छोरो रुन थाल्छ अनि ऊ छोरालाई गालामा दुई थप्पड लगाउँछ। छोरो अरल्लिएर घोप्टो पर्छ। त्यही पीरले रक्सी धोकेर डाँडामा पुगेको गोरे प्रधानलाई तथानाम गाली गर्छ, काट्छु पनि भन्छ, ज्यामीलाई ज्याला नदिए सित्तैँमा बनाएको ढुङ्गॆ घर भत्काइदिन्छु पनि भन्न पुग्छ।

यसैको पारितोषिकतः पझयत र प्रधानबाट चार दिनभित्र गाउँ निकालाको उर्दी पाएको गोरेले एकातिर कहिल्यै मुग्लानको मुख नदेखेको र अर्कातर्फ़ श्रीमती र छोराछोरी बोकेर हिँड्नुपर्दाको अनिश्चितता तथा श्रीमती रुन थालेपछि र त्यसपछि प्रधानसँग अनुनयविनय गरेपछि गल्छ र पहिले यो गाउँमा त्यही जिम्मुवाल नै बसोस् भन्ने आफ्नो अड्डी त्यागेर माफी माग्छ अनि भरेभोलि ब्याउने भएको भैँसी दण्ड तिर्छ।

यस प्रकार निम्न वर्गप्रति सहानुभूति प्रस्तुत गरिएकाले वर्गीय पक्षधरता देखिए पनि अन्ततः निम्न वर्गको पराजय देखिनाले समाजवादी–यथार्थवादीभन्दा समाजका आर्थिक–सामाजिक समस्यामाथि आलोचनात्मक दृष्टिकोण राख्ने यो कथा आलोचनात्मक यथार्थवादी देखिन्छ। यो कथा बसाईंभन्दा अलि अगाडि बढेर गोरेहरूले गाउँ छाड्नु नपरे पनि सम्झौतावादी प्रकृतिको देखिन्छ जसबाट सामन्तवादी युगपश्चात्का नवसामन्तहरू नै लाभान्वत भएका छन्।

यसरी 'आदियुग'–ले सामन्तवादी नेपाली समाजको आर्थिक दुरवस्था, विषमता र त्यस सामन्तवादी संरचनाले सिर्जना गरेको शोषण, दमन र उत्पीडनको चित्र प्रस्तुत गरेको छ। त्यसै युगलाई आदियुग भनिएको छ। कथाका नाम नै 'आदियुग' राखिएको छ जसलाई कुरुक्षेत्रमा पनि सङ्गृहीत गरिएको छ।

यस प्रकार नेपाली समाजको प्रस्तुत सामन्तवादी चरणदेखि वि. सं. २०५२ बाट नेपालमा चलेको माओवादी जनयुद्धसम्मको सामाजिक यथार्थका विभिन्न दृश्यपटहरू कथाकार अमर शाहका कथाका दृश्यपटहरू हुन्। यही पछिल्लो कालिक बिम्ब निर्माण गर्ने कथा हो 'कुरुक्षेत्र'। यसमा प्रस्तुत जनयुद्धमा सर्वसाधारण निर्दोष नेपाली जनता दोहोरो बन्दुकको च्यापमा परेर कसरी पिlल्सए, कसरी आहत भए भन्ने कुराको चित्र प्रस्तुत गरिएको छ। यही काम महेशविक्रम शाह, ऋषिराज बराल, नवीन विभास, कमल निओल आदि थुप्रै कथाकारले आआफ्ना कथामार्फ़त सशक्त रूपमा गरेका छन्। छापामारको छोरोले मदन पुरस्कार दिलाएपछि हौसिएका शाह काठमाडौंमा कामरेडमा कलाका श्रेणीबाट विचारका तल्ला श्रेणीमा झरेका अनुभव हुन्छन्। काठमाडौंमा कामरेडमा आइपुगेका शाहजस्तै जनयुद्धका टिप्पणीकार कतिपय लेखकहरूले पनि एउटै कोणबाट हेर्नाले तिनमा समग्रता नआएको आरोप पाइन्छ जुन आरोप धेरै हदसम्म सत्य भए पनि यिनीहरूको लेखनबाट कुनै एक पाटो त कम्तीमा आएको छ। त्यसैले यी सब यस समयका यथार्थ हुन् जसमध्ये नवीन विभास मानवीय सूक्ष्म संवेदनाको चित्राड्ढनमा निकै अगाडि देखिन्छन् भने निओल, बराल आदि केहीले जनयुद्धलाई प्रत्यक्ष देखेका, भोगेका, खेलेका लडाकूका युद्ध लड्का दृश्य र अनुभवका प्रत्यक्ष अनुभवात्मक यथार्थ बिम्बहरू त्यहाँ आएका पाइन्छन्। अरू कतिपयकामा त्यो बिम्ब आए पनि ती प्रायः कसैले भनेका र सुनेका आधारमा निर्मित काल्पनिक नै हुन्छन्। त्यसो त आजका कतिपय कविलेखकहरूले जनयुद्ध अर्थात् शस्त्रको प्रत्यक्ष मार्गका अगुवा तथा कतिपय अनुयायी कार्यकर्तामा देखिएको लोभी, पापी र अवसरवादी, पदलोलुप, पैसालोलुप प्रवृत्तिलाई आधार बनाउँदै श्रमको मूल्य र श्रमिकको कल्याणका नारालाई मूल मन्त्र बनाउनेहरू नै श्रमिक वर्गको शोषण गर्ने मामलामा पूँजीवादीहरूभन्दा अगाडि रहेको यथार्थको चित्रण गरेका छन्।

आज यस्ता थुप्रै प्रकृति र प्रवृत्तिका लेखन आएका छन्। भर्खरैको खलड्डामा हमला भोक्ता र द्रस्प्रष्टा मिश्रित दृष्टिमा आधारित कृति हो। यही दृष्टि र लेखनलाई अगाडि बढाउनमा कलासाहित्यलाई बजारको सस्तो उपभोग्य वस्तु बनाएरै नाफा आर्जन गर्ने प्रकाशकहरूले औसत पाठकको रुचि एवम् मागलाई ध्यानमा राखेर यसैलाई प्राथमिकता दिई अगि बढाएको पाइन्छ। यसैले गर्दा कतिपय कृतिका भाषिक, शैlल्पक तहमा निजत्वको चीरहरण एवम् अखबारी सम्पादनको भाषाशिल्प देख्न पाइन्छ।

प्रस्तुत कथाकारहरूमध्ये आजका प्रस्तुत प्रकृतिको विषयवस्तुलाई आधार बनाउने आख्यानकारहरूमध्ये ज्यादै कम कथाकारका कथामा मात्र दुवै पक्षका उज्याला र अँध्यारा पाटाको सम्यक् चित्रण पाइन्छ, दोहोरो चेपमा परेर बाँच्न मुlस्कल परेका सर्वसाधारण जनताको दुरवस्थाको चित्र पाइन्छ। ती कममध्ये कथाकार अमर शाह पनि एक हुन्। उनको 'कुरुक्षेत्र' यस्तै एउटा कथा हो। दोहोरो चेपमा परेको यस कथाको मुख्य पात्र भन्छ— “...चन्दा र अनाज दिँदा विद्रोहलाई सघाएको हुने, पुलिसलाई वास दिँदा सुराकी भइने।”यस कालमा सत्ताका पक्षधर वा सुराकीमात्रलाई नभएर जनयुद्धलाई नसघाउने अथवा दुवैतिर कुरा मिलाएर ठिङ्क पार्न नजान्ने सिधा सर्वसाधारणसमेतलाई गाउँमा बस्न मुlस्कल भएर गाउँबाट विस्थापित हुनुप¥यो। कतिपय युवाहरू मुग्लान पसे। तरुनी आइमाईलाई समेत गाउँमा बस्न मुlस्कल प¥यो। माओवादी लडाकूहरूका स्वास्नी र च्चाहरूसमेत मारिए भने सेना र प्रहरीका बूढा आमाबाबुसमेतलाई मानसिक यातना दिइयो। गाउँमा वृद्धवृद्धा र बालक मात्र बाँकी रहे, मरेपछि घाट पुर्याउने पनि कोही रहेन।

अर्को दृष्टिबाट हेर्दा सनातन परम्परा यसरी उlल्टयो कि अब बसाईं उपन्यासको धनबहादुर बस्नेतले होइन, शोषकसामन्तको प्रतिनिधि पात्र बहिदार बूढाले नै घरबार, गाईबस्तु र
युगौँदेखि आफुले हैकम जमाएको गाउँ छाडेर सदरमुकामको सेनाको क्याम्पमा वा राजधानीको शरण लिन जानुप¥यो। यही अवस्थाको सड्ढेत 'कुरुक्षेत्र' कथाले गरेको छ।

जनयुद्धको परिणाम सिर्जित जीवनको बिम्ब निर्माण गर्ने अर्को कथा 'आक्र.]श' पनि हो। प्रतिपक्ष वा कसैका मागको शिष्ट, शालीन एवम् मर्यादित शैलीलाई कमजोरहरूको लुरे शैली ठानेर सम्बोधन गर्नुको सट्टा बेवास्ता, उपेक्षा गर्ने प्रवृत्तिका कारणले हिंसात्मक र ध्वंसात्मक प्रवृत्ति मात्र आफ्ना भनाइलाई लागू गराउने एकमात्र उपाय बनेको आजको तथाकथित लोक र अझ गणताlन्त्रक युगको तlस्बर 'आक्रोश'–मा छ। दिनरात काम गरेर आफु र आफ्ना लालाबाला, श्रीमती आदि परिवारलाई साँझबिहानको गाँस जुटाउने धने र रामप्रीतजस्ता निम्नवर्गीय मजदुरहरूलाई बन्द, हडतालजस्ता अलोकताlन्त्रक पद्धतिले कति पीडा दिन्छन् र मर्माहत तुल्याउँछन् भन्ने सत्यलाई यसमा प्रस्तुत गरिएको छ।

अर्को पक्ष पूँजीवादीहरूको आधारभूत सैद्धाlन्तक संरचनामै अन्तर्निहित रहेको विशेषता श्रमको मूल्य र निम्नवर्गीय श्रमिकहरूको कल्याणको अभिभारा का“धमा लिएका सर्वहारावर्गीय राजनीति गर्ने खेलाडीले समेत निम्नवर्गीय किसान, मजदुर एवम् सर्वहारावर्जका नाममा सत्ता, शlक्त र सम्पत्तिप्राप्तिका निमित्त राजनीतिलाई घृणित खेल तथा अत्यन्त लाभदायी उद्योग बनाएको र आफु त्यसका निकृष्टतम खेलाडी बनेको यथार्थ थोरै कविलेखकले जस्तै कथाकार शाहले पनि सशक्त रूपमै प्रस्तुत गरेका छन्। त्यस प्रकार राजनीति तथा राजनीतिक सिद्धान्तलाई व्यापार, व्यवसाय र अझ झन्डै तस्करीकै वस्तु बनाएर मालामाल भएको आजको यथार्थलाई प्रस्तुत गर्ने त्यस्ता कथाहरू छन्— 'मूल्य', 'रूपान्तरण' र 'अन्तराल'।

दृष्टिकोणहीन, स्वार्थी, अवसरवादी, सत्तालोलुप, पदलोलुप, नातावाद–कृपावाद–दलगत स्वार्थको दलदलमा चुर्लुम्म डुकेको भ्रष्ट, घमन्डी, हड्ढारी, अकर्म०य नेतृत्व अर्थात् सबै नीतिको मूल नीति राजनीति मात्र पूर्णतः देश र जनताको यस lस्थतिका लागि जिम्मेवार छैन; युगौँदेखि चाकरी, चाप्लुसी, चाटुकारी र भ्रस्प्रष्टाचारमा लिप्त कर्मचारीतन्त्र पनि त्यत्तिकै जिम्मेवार भएको यथार्थ ‘जालो’, 'अन्तराल', 'नाटक', 'पराजय', 'प्रतिगामी', 'मोहभड्ड'–जस्ता कथामा पाइन्छ। यी थुप्रै कारण देशमा उद्योग, कलकारखाना, व्यापार, व्यवसाय केही फस्टाउन सकेका छैनन् र जो भएका सरकारी कार्यालय तथा सङ्घ, संस्थान पनि सत्ता र शlक्तवाल नेता तथा तिनका पदाधिकारी एवम् आफन्त, कार्यकर्ताका भर्ती केन्द्र बनेका छन्। यसैले देशमा केही गरौँ भन्ने भावना भएका; उत्साह, जोस, जाँगर, आँट र पर्याप्त क्षमता, प्रतिभा भएका देशभक्त युवाहरू तथा 'चड्डा' कथाका कविराजजस्ता विश्वविद्यालयका उच्च दक्ष जनशlक्त अर्थात् विज्ञ प्राध्यापक मात्र होइन, अन्य उच्च दक्ष प्राविधिकदेखि अर्धदक्ष र अदक्ष सम्पूर्ण मानवीय स्रोत र साधन सब युरोप, अमेरिका, अस्ट्रेलिया र बाँकी खाडीतिरका मुलुक बनाउन र त्यहींका मालिकहरूको सेवा गर्न तथा बाँकी भारतका विभिन्न प्रदेशमा पुगेर कुल्लि र दरबान बनी सके उतै हराउने, नसके केही गर्न सक्ने रगत र बखत सबै उतै सकेर केही काम नलाग्ने बूढो हाड र छाला मात्र स्वदेश फर्कनु, आम नेपालीको नियति अर्थात् जीवनशैली हुन पुगेको छ। सनातनदेखि चल्दै आएको भारतमा पुस्तैनी कुल्लि र दरबार बन्ने यस परम्पराको सजीव चित्र 'चक्र' नामक कथामा प्रस्तुत गरिएको छ जुन कथा केही वर्षपूर्व साझा प्रकाशनबाट प्रकाशित गरिमा पत्रिकामा 'नटुड्डिने कथा' शीर्षकबाट प्रकाशित भएको थियो।

यसरी जम्मा दुइटा कथा जनयुद्धको परिणामसँग सम्बlन्धत छन् भने बाँकी कथा नेपाली समाजका विभिन्न पाटाहरूका बिम्बका रूपमा प्रस्तुत भएका छन्। प्रायः सबैको सामाजिक क्यानभास अर्थात् फलक आर्थिक रुग्णताले ग्रस्त नेपाली समाज रहेको देखिन्छ। त्यसै फलकमाथि नेपालको कथित राष्ट«सेवक कर्मचारीतन्त्र र राजनीतिक क्षेत्रमा व्याप्त भ्रष्टाचार, अकर्मण्यता, पदलोलुपता, स्वार्थ, नातावाद, कृपावाद, चाकरी, चाप्लुसी र चाटुकारी र बेइमानीका चित्रहरू उतारिएका छन्। सिधासादा, इमानदार, कर्मशील र क्षमता, प्रतिभा भएका व्यlक्तहरू चाहे राजनीतिमा होस् वा निजामती तथा सङ्घसंस्था जहाँ पनि दयनीय अवस्थामा पिlल्सएर बस्न बाध्य हुनुपर्ने lस्थति छ। यी सबै पक्षलाई कतै न कतै कथाले समेटेको पाइन्छ।

सत्ता र शlक्त हातमा लिएर दशकौँ देखि रजाईं गरिरहेका क्षमताहीन, प्रतिभाहीन, दृष्टिकोणहीन, स्वार्थी, अवसरवादी, सत्तालोलुप, नातावाद, कृपावाद र दलगत स्वार्थका दलदलमा चुर्लुम्म भासिएका भ्रष्ट नेता तथा युगौँदेखि चाकरी, चाप्लुसी र भ्रष्टाचारमा लिप्त कर्मचारीतन्त्र तथा त्यसका उच्चपदस्थ कर्मचारीका निकृष्टतम नाटकको चित्रण 'नाटक', 'जालो', 'अन्तराल', 'पराजय', 'प्रतिगामी', 'मोहभड्ड'–जस्ता कथामा पाइन्छ। यस सङ्ग्रहमा 'मुlक्त'–जस्तो अर्को तीव्र मानवीय संवेदनायुक्त कथा पनि छ।

मानवीय संवेदनालाई छुन सक्नुमै कुनै पनि राम्रो लेखककलाकारको पहिचान हो। 'मुlक्त' मानवीय संवेदनालाई छुने यस्तै एउटा कथा हो जसको फलक पनि यही कमजोर आर्थिक परतले निर्माण भएको छ। यीबाहेक आजको नगरोन्मुख नवपुस्ताको मनोविज्ञान, बेरोजगारी, अर्धबेरोजगारी, वि. सं. द्दण्द्धट को परिवर्तन स्वीकार गर्न नसक्नेले परिवर्तित वातावरणमा आफुलाई समायोजनगर्न नसक्नुका पीडा, नारी मनोविज्ञानदेखि कोलम्बो प्लानमा पढ्न जानेका कथा र व्यथासमेत समेटिएको यस सङ्ग्रहका कथाहरू प्रायः रैखिक शैलीयुक्त, सरल, पारदर्शी, अजटिल उर्फ़ सम्प्रेष्य छन्।

समग्रमा कथाकार अमर शाहका कथायात्राको आरम्भदेखि वि. सं. २०४५ को आदियुग प्रकाशित नहुन्जेलको अवधि प्रथम चरणका रूपमा देखिन्छ। यस चरणका कथामा मूलतः नेपाली समाजको पझयतकालीन सामन्तवादी सामाजिक संरचना र त्यसका विविध विकृति, विसड्डति तथा दुरवस्थाजन्य समस्याको केन्द्रीयता रहेको देखिन्छ। वि. सं. २०४६ पछिको नेपाली समाजको द्वन्द्व, सङ्क्रमण, हत्या, हिंसा र परिवर्तनका विषम प्रकाशरेखाहरूको जोडाइ र कपाइ दोश्रो चरण अर्थात् द्दण्द्धट पछिका कथामा पाइन्छ। यस कालको सम्भवतः सबभन्दा ठूलो प्राप्ति नागरिक चेतना हो, तर थाहा छैन त्यो चेतना साँlच्चकै परिवर्तन र रूपान्तरणको वाहक हुने हो वा अहिलेको जस्तै बहुसङ्ख्यक साधनहीन, शlक्तहीन, सिधासादा जनताका लागि अभिशापै मात्र भएर रहने हो। यो जे भए पनि लेखकीय धर्म समाजका फोहोर–कसिड्डरलाई देखाउनु, बढार्नु र कलात्मक ढड्डले पाठकलाई उज्यालोतर्फ़ सड्ढेत गर्नु, जागृत गर्नु हो जुन धर्म कथाकार शाहले पालन गरेका छन्।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु